back
CTIZAN AD

थारू समुदायको इतिहास झल्काउने सङ्ग्रहालय

वि.सं.२०८२ कात्तिक १७ सोमवार

534 

shares

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास, परम्परा र संस्कृतिलाई संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले थारू सङ्ग्रहालय स्थापना गरिएको छ ।

तीन कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको उक्त सङ्ग्रहालय सङ्घीय सरकारको २०७६÷७७ सालको ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत प्राप्त रु ३५ लाख बजेटमा निर्माण गरिएको रामधुनी नगरपालिका–२ का वडा सदस्य रामनारायण चौधरीले बताए । सङ्ग्रहालयभित्र थारू समुदायको जीवनशैली, संस्कार र सांस्कृतिक परम्परालाई झल्काउने १५० भन्दा बढी मूर्ति र संरचना स्थापना गरिएका छन् । वडा सदस्य चौधरीका अनुसार, सङ्ग्रहालय विशेषगरी थारू समुदायको सांस्कृतिक पहिचान संरक्षण र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्पराबारे जानकारी गराउने उद्देश्यले निर्माण गरिएको हो ।

“हाम्रा नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानबारे थाहा होस् भनेर यो सङ्ग्रहालय निर्माण गरिएको हो”, उनले भने , “रामधुनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सङ्ग्रहालय मर्मत तथा रङरोगनका साथै केही सामग्री थपका लागि रु सात लाख विनियोजन गरेको छ ।”

नगरपालिकाले हरेक वर्ष सङ्ग्रहालयका लागि बजेटको व्यवस्था गर्दै आएको छ । सग्रङ्हालयमा विदेशी पर्यटक समेत आउने गरेको बताउँदै वडा सदस्य चौधरीले यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको बताए । सङ्ग्रहालयभित्र थारू समुदायको जन्मदेखि मृत्यु संस्कारसम्मका विविध सांस्कृतिक र ऐतिहासिक पाटो मूर्ति र कलात्मक संरचनामार्फत चित्रण गरिएको छ ।

वि.सं.२०८२ कात्तिक १७ सोमवार १५:३९ मा प्रकाशित

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...