back
CTIZAN AD

दलित बालबालिकाको विद्यालय सहभागिता बढाउन ‘घरदैलो’ अभियान

वि.सं.२०८२ कात्तिक १७ सोमवार

450 

shares

सिरहा । यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी दलित र विपन्न समुदायका भए पनि उनीहरूको विद्यायलमा नियमित उपस्थिति नदखिएपछि लहान–११ स्थित पिडरबोनी माध्यमिक विद्यालयले शैक्षिक जागरणको ‘घरदैलो’ अभियान सुरु गरेको छ ।

प्रधानाध्यापक र शिक्षकहरूको टोली अहिले दलित बस्तीमा पुगेर अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन प्रेरित गरिरहेको छ ।

प्रधानाध्यापक वीरेन्द्रकुमार यादवले विद्यालयको जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा अधिकांश दलित समुदायका विद्यार्थीहरू बढी अनुपस्थित रहने गरेको पाइएपछि त्यसलाई सुधार गर्न यो अभियान थालिएको बताए । उनलेभने, “प्रधानाध्यापक भएर आएको तीन महिनाको समयमा विद्यार्थी सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका विद्यार्थीहरू रहेका पाइयो । चाहे अनुसारको शैक्षिक सुधार गर्न कठिनाइ भएपछि दलित बस्तीमा पुगेर त्यहाँका बालबालिकालाई नियमित विद्यालय पठाउन उत्पे्ररित गरिरहेका छौँ ।”

अभियानका क्रममा दलित बस्तीमा सामाजिक चेतनाको अभावका कारण बालबालिकाहरू विद्यालय पठाउन उत्सुक अभिभावक नपाइएको प्रधानाध्यापक यादवको भनाइ छ । समाजमा पछि परेका समुदायहरूलाई मुक्ति दिलाउने एक मात्र हतियार शिक्षा भएको भन्दै उनले सम्पूण सरोकारवालाहरूलाई चेतना अभिवृद्धि गर्नतर्फ अग्रसर भइदिन आग्रह गरे ।

दैलोमा आएर नियमित विद्यालयमा विद्यार्थी पठाउन विद्यालयका प्रअ शिक्षकहरूले आएर दिएको जनचेतनाले अब नियमित विद्यालय पठाउने स्थानीय अभिभावक रामउद्गार मरिकले प्रतिबद्धता व्यक्त गर्दै भने, “निम्न वर्गका समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस पनि भयो ।”

दलित अगुवा तथा लेखक राजेश राम विद्रोहीका अनुसार मधेस प्रदेशका डुम र मुसहर समुदायका बालबालिकाहरू अझै पनि विद्यालयभन्दा टाढा रहेका छन् । दलित विद्यार्थीलाई विद्यालयमा नियमित गराउने सम्बन्धमा पिडरबोनी माविको प्रयासको प्रशंसा गर्दै उहाँले मधेस प्रदेशका डुम र मुसहर समुदायका बालबालिकाहरू अहिले पनि बाल श्रमिक र बालविवाहको जोखिममा रहेकाले यस्तै किसिमको जनचेतना सबै सामुदायिक विद्यालयले दलित बस्तीहरूमा फैलाउनुपर्नेमा जोड दिए ।

दलित विद्यार्थीलाई विद्यालयमा नियमित गराउन नगरले पनि चासो दिएको छ । त्यसका लागि नगरले यस वर्षदेखि दलित बालबालिकालाई निःशुल्क कपी–पेन्सिल वितरण र दलित बस्तीमा ४१ वटा ट्युसन कक्षा सञ्चालनको व्यवस्था गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । “पिडरबोनी विद्यालयले सुरु गरेको अभियानलाई हामी नगरका सबै ५९ सामुदायिक विद्यालयमा विस्तार गर्दैछौँ,” चौधरीले बताए ।

वि.सं.२०८२ कात्तिक १७ सोमवार १५:५० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...