back
CTIZAN AD

आज मङ्गलबार : तपाईंकाे राशिफल कस्ताे छ ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार

756 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मबल उच्च रहनेछ । नयाँ कार्य सुरु गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रो फाइदा हुने सम्भावना छ । परिवारमा खुसीको वातावरण रहनेछ । पुराना काम पूरा भएर मनमा शान्ति मिल्नेछ । यात्राबाट लाभ प्राप्त हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कसैको सल्लाहमा गरिएको काम फाइदाजनक हुनेछ । मनमा नयाँ ऊर्जा र जोश जाग्नेछ । अध्ययनमा प्रगति हुनेछ । वैदेशिक कार्यमा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आउनेछ तर खानेकुरामा सावधानी अपनाउनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज केही चुनौती आए पनि धैर्यले सामना गर्न सकिनेछ । नयाँ योजना बन्नेछ र आगामी दिनमा फाइदा मिल्ने संकेत छन् । आर्थिक पक्षमा सुधार हुनेछ । आफन्त र मित्रबाट सहयोग पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेशागत क्षेत्रमा नयाँ अवसर आउन सक्छ । कुनै शुभ समाचारले उत्साह बढाउनेछ । आम्दानीका स्रोत विस्तार हुनेछन् । खर्च बढे पनि दिगो फाइदा पाइनेछ । दाम्पत्य सम्बन्धमा सहजता आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षमता देखाउने राम्रो समय आएको छ । पद, प्रतिष्ठा र सम्मान प्राप्त हुने योग छ । मिहिनेतको प्रतिफल पाइनेछ । अध्ययन र कलाक्षेत्रमा संलग्नका लागि शुभ समय हो । आत्मविश्वासका साथ अघि बढ्नुहोस् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धेरै समयदेखि रोकिएको काम बन्ने सम्भावना छ । परिवारमा खुसी छाउनेछ । प्रियजनसँगको सम्बन्ध अझ घनिष्ठ बन्नेछ । आर्थिक पक्ष मजबुत हुनेछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतको राम्रो परिणाम पाइनेछ । व्यापारमा नयाँ अवसर देखिनेछन् । साना विवाद समाधान भई सम्बन्धमा सहजता आउनेछ । मित्रको सहयोगले मनमा प्रसन्नता बढ्नेछ । यात्राको सम्भावना पनि रहन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन, मान र प्रतिष्ठा बढ्नेछ । पुराना कामहरू पूरा भएर सन्तुष्टि मिल्नेछ । सहयोगीहरूको साथले फाइदा हुनेछ । दाम्पत्य सम्बन्धमा आत्मियता बढ्नेछ । समाजमा सम्मान पाउने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको सुरुवात गर्दा राम्रो नतिजा प्राप्त हुनेछ । अध्ययन, व्यापार वा रोजगारीमा सफलता मिल्नेछ । परिवारमा सुख र सन्तोष छाउनेछ । नयाँ मित्रता सम्बन्धमा परिणत हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज निर्णय क्षमता बढ्नेछ । चुनौतीका बीच पनि काम सफल हुनेछन् । आर्थिक पक्ष बलियो बन्नेछ । धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने मौका पाइनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामप्रति उत्साह बढ्नेछ । विगतका समस्या समाधान हुँदै जानेछन् । व्यापारमा लाभको सम्भावना छ । परिवारमा खुसी र हर्षको वातावरण रहनेछ । नयाँ स्रोतबाट लाभ पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज भाग्यले साथ दिनेछ । रोकिएका कामहरू बन्नेछन् । अध्ययन, लेखन वा कलात्मक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको स्थानबाट लाभ पाइनेछ । प्रेम र सम्बन्धमा सहजता आउनेछ ।

२०८२ कार्तिक १८ गते, मङ्गलबार, ४ नोभेम्बर २०२५
तिथि : कार्तिक शुक्लपक्ष दशमी
नक्षत्र : धनिष्ठा
चन्द्रराशी : कुम्भ
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०७:२५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...