back
CTIZAN AD

‘जाउँ है बेगनास पोखरा’ सम्पन्न

वि.सं.२०८२ कात्तिक १९ बुधवार

537 

shares

गण्डकी । होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजना तथा नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष–२०२५ को सहयोगमा यही कात्तिक १६ गतेदेखि पश्चिम नेपालमा सञ्चालन गरिएको ‘जाउँ है बेगनास पोखरा’ कायक्रम सम्पन्न भएको छ ।

पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायत क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डलले पश्चिम नेपालका केही पर्यटन व्यवसायीसँग पर्यटन साझेदारी, पर्यटन प्रवद्र्धनलगायत विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो ।

‘जाउँ है बेगनास पोखरा’ कायक्रमअन्तर्गत बुटबल, बर्दिया, सुर्खेतलगायत जिल्लाका पर्यटन व्यवसायीसँग छलफल गरी उक्त टोली आज पोखरा फर्किएको होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।

आन्तरिक पर्यटन प्रवद्र्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशको बुटवल र बर्दियाको ठाकुरबाबा नगरपालिका तथा कर्णाली प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय सुर्खेतमा छुट्टाछुुट्टै छलफल एवं अन्तरक्रिया गरिएको पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापाले जानकारी दिए ।

छलफलमा आफूहरूले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताललगायत सात तालसहित यहाँका पर्यटकीय सम्भावनाबारे श्रव्यदृश्य सामाग्री प्रस्तुत गरी त्यहाँका पर्यटन व्यवसायी तथा सम्बद्ध अधिकारीलाई जानकारी गराइएको उनले बताए ।

“कार्यक्रमका क्रममा ती ठाउँका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी गर्दै अघि बढ्ने विषयमा महत्त्वपूर्ण छलफल भएका छन”, उनले भने, “कार्यक्रमले पर्यटन प्रवद्र्धनसँगै पर्यटकीय साझेदारीका विषयमा सकारात्मक नतिजा दिने विश्वास लिएका छौँ ।”

बर्दिया राष्ट्रिय निकुञ्ज, सुर्खेतको काँक्रेबिहार, देउतीबज्यैको मन्दिर, बुलबुले ताललगायत स्थानको प्रवद्र्धनात्मक भ्रमण गर्नुका साथै अनुभव आदानप्रदानसमेत गरिएको एसोसिएसनका महासचिव सुरेश लामिछानेले उल्लेख गरे ।

वि.सं.२०८२ कात्तिक १९ बुधवार १६:४४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...