back
CTIZAN AD

हेटौंडाको चुरे हिल अस्पतालका डाक्टर कुटिए

वि.सं.२०८२ कात्तिक २० बिहीवार

414 

shares

काठमाडौं । हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत डाक्टर सुशिल शाह कुटिएका छन् । बुधबार साँझ बिरामीको उपचार प्रक्रिया र भर्नाका विषयमा विवाद हुँदा अर्थोपेडिक सर्जन डा. शाहमाथि विरामीका आफन्तले हातपात गरेका हुन् ।

दुर्घटना भएर उपचारका लागि ल्याइएका बिरामी रिफर गर्ने विषयमा विवाद हुँदा हेटौंडा–११ निवासी अजित विडारीले डा. शाहलाई धकेल्नुको साथै मुक्का प्रहार गरेको अस्पतालका डाइरेक्टर डा. आकेश प्रजापतिले जानकारी दिए ।

यद्यपी डा. शाहलाई खासै चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे कुनै उजुरी नआए पनि आफूले सो विषयमा अनुसन्धान गरिरहेको र हातपात गर्ने व्यक्तिको पहिचान गरी खोजीकार्य भइरहेको उनले बताए । डा शाहले आफुमाथि हातपात गर्नेविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

 

वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:२१ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...