back
CTIZAN AD

नेपाली कम्युनिस्ट पार्टीले दियो दल दर्ताको निवेदन

वि.सं.२०८२ कात्तिक २० बिहीवार

699 

shares

काठमाडौं । विभिन्न १० दल मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका १० वटा वाम घटकबीच बुधबार एकता घोषणा भएको थियो ।

एकता भएको भोलिपल्टै नेपाली कम्युनिष्ट पार्टीले चुनाव चिह्न पाँचकुने तारा राखेर आयोगमा दल दर्ताको निवेदन दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएका छन् । नेता शिव खकुरेलले पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिने जानकारी दिए ।

वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:३९ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...