back
CTIZAN AD

ग्लोबल आइएमई बैंक र नास-आईटीबिच अन्तरक्रियाः डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

वि.सं.२०८२ कात्तिक २० बिहीवार

777 

shares

काठमाडौँँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ्ग सेवा, डिजिटल÷नविनतम बैंकिङ्ग सेवाहरु, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न विषयमा छलफल गरेको थियो ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए ।

साथै, बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरु समेत संचालन गरिरहेको जानकारी दिए ।
बैंक र नास–आईटीबिचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आवद्ध कर्मचारीहरुको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ । ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 

वि.सं.२०८२ कात्तिक २० बिहीवार १६:०७ मा प्रकाशित

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा...

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...