back
CTIZAN AD

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार

951 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बिहानको समय सुखद रहनेछ तर दिउँसोपछिको समयमा मानसिक दबाब बढ्ने सम्भावना छ। आर्थिक पक्षमा सुधार आउन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ तर सहकर्मीहरूसँग धैर्यपूर्वक व्यवहार गर्नु उचित हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यावसायिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। परिश्रमको फल हात पर्नेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेमसम्बन्धमा समय अनुकूल रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर खानपानमा ध्यान दिनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफ्नो कार्ययोजना सफलतापूर्वक सम्पन्न हुनेछ। नयाँ विचार र योजनामा सरिक हुन सक्नुहुन्छ। पारिवारिक माहोलमा उत्साह देखिनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामान्य चुनौतीको सामना गर्नुपर्नेछ। पारिवारिक विषयमा धैर्य अपनाउनुहोस्। खर्च बढ्ने संकेत छन् तर आर्थिक स्रोत पनि खुल्नेछ। दिउँसोपछि कार्यमा सुधार आउने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पढाइ लेखाइमा मन लाग्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सन्तुलन कायम गर्न सकिएमा राम्रो परिणाम मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो कार्यप्रति लगनशील बन्ने दिन हो। आर्थिक लाभका अवसरहरू आउनेछन्। पारिवारिक खुसी प्राप्त हुनेछ। स्वभावमा विनम्रता राख्न सके सफलता नजिक हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मान सम्मानमा वृद्धि हुनेछ। आत्मबल बढ्नेछ। प्रेममा प्रगाढता आउनेछ। सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन सक्नुहुन्छ। स्वास्थ्य सामान्य रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सानो प्रयासले ठूलो सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर आउनेछन्। आफन्त वा मित्रसँगको भेटले खुसी ल्याउनेछ। मानसिक सन्तुलन कायम राख्न ध्यान दिनुहोस्।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आफ्नो परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। काममा उत्साह र आत्मविश्वास रहनेछ। स्वास्थ्यमा सुधार आउने सम्भावना छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक पक्ष बलियो बन्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। कार्य क्षेत्रमा सहयोगी हात बढ्नेछ। मिहिनेत अनुसार फल प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज अवसरहरू प्राप्त हुने दिन हो। अरूको सल्लाह र समर्थनले काम सफल हुनेछ। प्रेम र सम्बन्धमा समझदारी बढ्नेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज आत्मबल बढ्नेछ। पुराना योजना कार्यान्वयन हुनेछन्। यात्राबाट लाभ मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। कार्यमा सकारात्मक परिणाम आउन सक्छ।

२०८२ कात्तिक २१ गते, शुक्रबार, ७ नोभेम्बर २०२५

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...