back
CTIZAN AD

नेपाली कम्युनिस्ट पार्टीमा ३५ सदस्यीय सचिवालय गठनको तयारी

वि.सं.२०८२ कात्तिक २४ सोमवार

624 

shares

काठमाडौँ । हालै १० वाम दलको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूको समायोजन र जिम्मेवारी वितरणका लागि उच्चस्तरीय कार्यदल बनाउने तयारी गरेको छ।

कात्तिक १९ गते सम्पन्न एकता घोषणा सभाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक र माधवकुमार नेपाललाई सह–संयोजकका रूपमा चयन गरेको थियो। अहिले दल दर्ता प्रक्रिया निर्वाचन आयोगमा रहेकाले त्यसपछि समायोजन कार्य अघि बढाइने बताइएको छ।

पार्टीका नेता हरिबोल गजुरेलका अनुसार, शनिबार पेरिसडाँडामा बसेको बैठकले कार्यदल गठन गर्ने समझदारी गरेको हो। उक्त कार्यदलमा करिब १० देखि १५ जना सम्म रहनेछन् र यसको नेतृत्व झलनाथ खनालले गर्न सक्ने सम्भावना देखिएको छ।

गजुरेलका अनुसार, दैनिक कार्य सञ्चालनका लागि करिब ३५ सदस्यीय सचिवालय गठनको तयारी भइरहेको छ, जसमा पूर्व माओवादी केन्द्र र एकीकृत समाजवादीका पदाधिकारीहरू रहनेछन्। अन्य एकतामा आएका दलका प्रतिनिधि कसरी समेट्ने भन्ने विषयमा भने छलफल जारी छ।

त्यसैगरी, पार्टी संरचना अनुसार केन्द्रीय समिति करिब दुई हजार सदस्यीय हुने र सोही अनुपातमा स्थायी समिति र पोलिटब्युरो गठन गर्ने प्रस्तावमा पनि छलफल भइरहेको छ।

वार्ता टोली सदस्य प्रकाश ज्वालाले भने दल दर्ता प्रक्रिया पूरा नभएकाले औपचारिक समायोजन सुरु हुन बाँकी रहेको बताए। उनका अनुसार, आगामी केही दिनभित्र एकता र व्यवस्थापनबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ।

यसबीच, भीम रावल कात्तिक २७ गतेसम्म पार्टी एकतामा सहभागी हुने सम्भावना रहेको बताइएको छ। यस्तै, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि एकता प्रक्रियाप्रति सकारात्मक देखिएको छ र निकट भविष्यमा निर्णय आउने जनाइएको छ।

वि.सं.२०८२ कात्तिक २४ सोमवार १२:०९ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...