back
CTIZAN AD

सीके राउतले मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न आह्वान गरे

वि.सं.२०८२ कात्तिक २४ सोमवार

540 

shares

काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेशलाई स्वायत्तता दिने प्रस्ताव सार्वजनिक गर्दै प्रदेशसभामा नै स्वायत्त घोषणा गरिनुपर्ने माग उठाएका छन्। हाल त्यहाँ नयाँ मुख्यमन्त्री नियुक्ति र राजनीतिक विवाद भइरहँदा राउतले प्रदेशको आफ्नै प्रहरी र प्रशासन सहितको सरकार गठन गर्नुपर्ने जोड दिएका छन्।

राउतले सामाजिक सञ्जालमा दिएको सम्बोधनमा भनेका छन् कि मधेसवासीले लामो समयदेखि बाह्य शासकको अधीनता र भेदभाव सहनु परेको छ र अब खुला आवाज उठाउने बेला आएको छ। उनले यदि संघीय निकाय तथा प्रतिनिधिहरू मधेसविरुद्ध हस्तक्षेप गर्दै दलहरूलाई विभाजित गर्ने, शपथग्रहण प्रक्रिया बाहिरबाट सञ्चालन गर्ने वा स्थानीय नेताहरूमाथि दमन गर्ने काम जारी राखे भने मधेस प्रदेशसभाको बैठक सडकमै बोलाएर पनि स्वतन्त्र घोषणा गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले थपे—मधेसको जनसंख्याका आधारमा स्थानीय जनादेशअनुसार दुई तिहाइ बहुमतले प्रदेशसभामा निर्णय लिइ स्वायत्तता घोषणा गर्न सकिन्छ। राउतले मधेसलाई “५४ प्रतिशत जनसंख्या भएको क्षेत्र” भन्दै यहाँको शासकीय व्यवस्था स्थानीय जनताको इच्छाअनुसार हुनुपर्ने तर्क राखे।

उनले सिंहदरबारबाट पठाइएका नियुक्ती, प्रशासनिक हस्तक्षेप र विभिन्न निकायमार्फत मधेसलाई कमजोर पार्ने प्रयासविरुद्ध पूर्ण स्वायत्तताको आन्दोलन आवश्यक भएको धारणा व्यक्त गरे। राउतले यो कदमलाई “नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने अवसर” भनेका छन् र सर्वसाधारणलाई खुल्ला रूपमा बोल्न र आन्दोलनका लागि तयारी हुन आह्वान गरे।

वि.सं.२०८२ कात्तिक २४ सोमवार १२:१४ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...