back
CTIZAN AD

मधेशमा मुख्यमन्त्री नियुक्ति विवादपछि कार्यकक्षमा तोडफोड

वि.सं.२०८२ कात्तिक २४ सोमवार

552 

shares

काठमाडौँ । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिसँग सम्बन्धित विवाद चर्किएपछि सोमबार बिहान प्रदेश सरकारको कार्यालय परिसरमा तोडफोड भएको छ। कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केही सांसद र कार्यकर्ताहरूले मुख्यमन्त्रीको कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार, तोडफोडका क्रममा कांग्रेस प्रदेश सांसद वीरेन्द्र कुमार सिंहले राष्ट्रिय झण्डा फालेका र अर्को सांसदले  कुर्सी तोडफोड गरेको बताइएको छ। घटनाबाट कार्यकक्षमा सामान्य क्षति पुगेको प्रदेश सचिवालय स्रोतले जनाएको छ।

त्यस्तै, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय अगाडि पनि तोडफोड र प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले कार्यालयको नामफलक र गमलामा क्षति पुयाएका छन्। उनीहरूले भण्डारीको राजीनामाको माग गर्दै नाराबाजीसमेत गरेका थिए।

विवादको सुरु भने तब भयो जब प्रदेश प्रमुख भण्डारीले सोमबार बिहानै **एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै बर्दिबासस्थित एक होटलमा पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
संविधानको धारा १६८(२) अनुसार सरकार गठनको सम्भावना रहँदा पनि उपधारा (३) को प्रयोग गरी नियुक्ति गरिएको भन्दै विपक्षी दलहरूले असंवैधानिक कदमको आरोप लगाएका छन्।

यस घटनापछि प्रदेशमा राजनीतिक तनाव चर्किएको छ भने प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाएको छ।

 

वि.सं.२०८२ कात्तिक २४ सोमवार १२:२६ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...