काठमाडौं । नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।
एमालेका नेता महेश बर्तौलाका अनुसार मुलुकमा देखिएको असामान्य र जटिल राजनीतिक परिस्थितिको समीक्षा गरी यसको लोकतान्त्रिक तथा संवैधानिक निकासबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।
बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने तय भएको छ । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामासमेत प्रमुख सचेतकको हैसियतमा बर्तौलाले बैठक बोलाएका हुन् ।
वि.सं.२०८२ कात्तिक २४ सोमवार १३:०८ मा प्रकाशित






























