back
CTIZAN AD

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

वि.सं.२०८२ कात्तिक २४ सोमवार

1K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार बन्न इच्छुकहरूबाट ५० हजार रुपैयाँ आवेदन शुल्क लिने निर्णय गरेको छ ।

पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार कानुनी प्रावधानअनुसार मापदण्ड तयार पार्दै सो शुल्क तोकिएको हो । उनका अनुसार आवेदन अनलाइन वा भौतिक रूपमा दुवै माध्यमबाट पेस गर्न सकिनेछ ।

रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको हो । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने मिति पुस १८ र १९ तोकिएको छ ।

सहमहामन्त्री आचार्यले भने, ‘अनलाइन होस् वा अफलाइन, द्वेष फैलाउने उम्मेदवार नबन्ने गरी मापदण्ड बनाएका छौं । वैध आयस्रोत भएको पुष्टि र सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा गर्नुपर्नेछ ।’

रास्वपाले अघिल्लो चुनावमा समानुपातिक तर्फ उम्मेदवार बनेकाहरूलाई यस पटक पुनः उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । समानुपातिकको बन्द सूचीमा परेको तर दलले प्राप्त मतका कारण चयन हुन नसक्ने अवस्थाको रकम फिर्ता नहुने पनि पार्टीले स्पष्ट पारेको छ ।

रास्वपाले यसअघि रुपन्देही–३ को उपनिर्वाचनका आवेदकका लागि २५ हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो । जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन हुँदा सो निर्वाचन हुन सकेको थिएन ।

आचार्यका अनुसार उम्मेदवार छनोटमा लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटीजस्ता विधि अपनाइनेछ । सातै प्रदेशबाट प्रतिनिधित्व हुने उम्मेदवार मूल्यांकन समितिले अंकका आधारमा अन्तिम सूची तय गर्ने तयारी गरिएको छ ।

आवेदनको अन्तिम मिति भने पार्टीको बैठकले निर्धारण गर्ने रास्वपाले जनाएको छ ।

वि.सं.२०८२ कात्तिक २४ सोमवार १३:१२ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...