back
CTIZAN AD

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

528 

shares

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गोलपोखरी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

उत्तरतर्फ देखिने हिमशृङ्खला, नवलपुरको पहाडी क्षेत्रका बस्ती, कालीगण्डकी नदी आसपास नवलपुर र तनहुँका पहाडका टाकुराको रमणीय दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । छोटो दूरीको पहाडी यात्राको अनुभव लिँदै हिमाली दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र सुन्दर लागेको गोलपोखरी घुम्न पुगेका कावासोती–१५ का दुर्गा महतोले बताए ।

बजार क्षेत्रबाट केही किलोमिटरको यात्रा गरी यति सुन्दर हिमाल र पहाडका दृश्यहरू देख्दा आफूलाई निकै रमाइलो लागेको उनले बताए । नवलपुरबाटै यति सुन्दर हिमशृङ्खला अवलोकन गर्न पाइन्छ भन्ने आफूलाई नलागेको र गोलपोखरी आउँदा फरक अनुभूति गरेको महतोले बताए । “बजार क्षेत्रमै रहँदा कस्तो होला भन्ने थियो, यहाँ आउँदा साँच्चै नवलपुरको यस्तो ठाउँ पनि रहेछ भन्ने भयो, सेता हिमाल आँखै अगाडि देख्दा धेरै आनन्द आयो”, उनले भने ।

महतोजस्तै अहिले नवलपुरको बजार क्षेत्रबाट गोलपोखरी पुग्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । नवलपुरको कावासोती फलफूल चोक तथा देवचुलीको दलदलेबाट कुमसोत–पोखरी हुँदै करिब २५ किलोमिटर यात्रा गरेपछि गोलपोखरी पुग्न सकिन्छ ।

गोलपोखरी क्षेत्रमा मुख्य गरी सार्वजनिक बिदाका दिनमा आन्तरिक पर्यटकको चहलपहल धेरै हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताए । हुप्सेकोट गाउँपालिकाले गोलपोखरीसहितको धौबादी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम गरेको वडाध्यक्ष रानामगरले बताए ।

गालेपोखरी पार्क क्षेत्रमा दुईवटा प्रतीक्षालय निर्माण गरिएको छ । गोलपोखरी पुग्ने पर्यटकलाई पदयात्रासँगै हिमाली दृश्यको सहज अवलोकनका लागि एक हजार १०० मिटर लम्बाइको पदमार्ग पनि निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताए । गोलपोखरीबाट धौबादी पहाडमा पदमार्ग निर्माण गरेसँगै पर्यटकको आगमन थप बढेको उनले बताए । पदमार्ग हुँदै यात्रा गर्दै हिमालसहित जिल्लाको पहाडी बस्तीको अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको उनले बताए ।

गोलपोखरी क्षेत्रबाट लामो दूरीमा फैलिएको उत्तरतर्फका हिमशृङ्खला सहज रूपमा अवलोकन गर्न सकिने वडाध्यक्ष रानामगरले बताए । “गोलपोखरी मुख्यगरी लामो रेन्जमा हिमाल देख्न सकिन्छ, यसकारण पनि हिमालको दृश्य हेर्न, पहाडमा निर्माण गरिएको पदमार्गमा डुल्न आउने क्रम बढेको छ”, वडाध्यक्ष रानामगरले भने ।

गोलपोखरीमा उद्यान पनि निर्माण गरिएको छ । तारबारले घेरेर गोलपोखरी शान्ति पार्क निर्माण गरिएको भए पनि अहिले उक्त पार्क बन्द छ । समिति मातहतबाट सञ्चालन गर्नेगरी केही वर्षअघि पार्क क्षेत्रभित्र विभिन्न संरचना निर्माण गरिएको भए पनि समितिबाट तदारुकताका साथ सञ्चालनको काम नहुँदा अहिले उक्त पार्क बन्द अवस्थामा रहेको वडाध्यक्ष रानामगरले बताए । पार्कलाई व्यवस्थित गरी थप पर्यटकीय गतिविधि सञ्चालनको उद्देश्य रहेको उनको भनाइ छ ।

गोलपोखरी क्षेत्रमा थप पर्यटकीय पूर्वाधार निर्माण गर्न सक्ने हो भने जिल्लाको पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने वडाध्यक्ष रानामगरले बताए । उक्त क्षेत्रमा अहिले खानेपानीको समस्या छ । खानेपानी पुर्याउन सक्ने हो भने वनभोजस्थलका रूपमा पनि विकास गर्न सकिने उनले बताए । पोखरी गाउँदेखि गोलपोखरीसम्मको बाटोमा केही क्षेत्र अलि जीर्ण रहेकाले त्यसलाई राम्रो बनाउन सके थप सहज रूपमा पर्यटक गोलपोखरी आउन सक्ने उनले बताए ।

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १०:५९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...