back
CTIZAN AD

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीच संगठनात्मक एकीकरणको सहमति

वि.सं.२०८२ कात्तिक २६ बुधवार

702 

shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच पार्टी एकता र संगठनात्मक एकीकरणका लागि औपचारिक सहमति भएको छ। देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक चुनौतीलाई मध्यनजर गर्दै दुवै पक्षले देशभक्ति र समाजवादको आदर्शमा आधारित सशक्त तथा सुदृढ पार्टी निर्माण गर्ने लक्ष्यसहित सहमति–पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति–पत्रमा उल्लेख भएअनुसार, नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेपमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृति निर्माणमा दुवै पक्ष अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

दुवै पक्षले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको दिशामा दृढ रहने बताएका छन्। सहमति अनुसार, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र त्यसको मिति तथा स्थान सचिवालयले चाँडै निर्धारण गर्ने उल्लेख गरिएको छ।

मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारीसहितका विषयहरू आपसी सहमतिबाट टुंगो लगाइने भएको छ। साथै, पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेज संयुक्त रूपमा तयार गरिने सहमति भएको छ।

पार्टी सञ्चालन लोकतान्त्रिक मान्यता, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित रहने सहमति पत्रमा उल्लेख छ। पार्टी एकीकरण प्रक्रियालाई सहज बनाउन आवश्यकतानुसार विभिन्न तहमा कार्यदल गठन गरिने पनि बताइएको छ।

 

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:०१ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...