back
CTIZAN AD

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर ७ आइतवार

786 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा शान्ति र उत्साह दुवै रहनेछ। अघि बढ्न चाहेको काममा राम्रो समर्थन मिल्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। आर्थिक लाभ हुने सम्भावना छ र रोकिएका काम सहज रूपमा सम्पन्न हुन सक्छन्। साथीभाइसँगको भेटघाटले उत्साह थप्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्यपूर्वक काम गर्नुपर्ने दिन हो। केही योजनामा ढिलाइ भए पनि अन्त्यमा अनुकूल नतीजा प्राप्त हुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्च केही बढे पनि आवश्यक क्षेत्रमा हुनेछ। आफूलाई थकाइ महसुस हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनु राम्रो हुन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन रमाइलो र सकारात्मक ऊर्जा बोकेको छ। प्रियजन तथा मित्रसँग समय बिताउने अवसर मिल्नेछ। काममा प्रगति हुनेछ र नयाँ योजनाहरू अगाडि बढाउन उचित समय छ। आर्थिक पक्षमा सुधार देखिन्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवार र करियर दुबैतर्फ व्यस्तता बढ्नेछ। रचनात्मक सोचले रोकिएका काम बिस्तारै अघि बढ्नेछन्। आर्थिक रूपमा सामान्य तर स्थिर स्थिति रहनेछ। घर–परिवारमा साना–मसिना कुराले हर्षित बनाउनेछ। स्वास्थ्य सामान्य तर थकान हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मान–सम्मान र प्रतिष्ठा बढ्ने योग छ। मेहनतको राम्रो फल प्राप्त हुनेछ। नेतृत्व क्षमता प्रस्फुटित हुने दिन भएकाले सामाजिक वा कामकाजी क्षेत्रमा सफलतापूर्वक अघि बढ्न सकिनेछ। आर्थिक पक्ष पनि बलियो बन्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पुराना कमजोरी सुधार्ने राम्रो समय हो। हतार नगरी योजनाबद्ध रूपमा अघि बढ्दा सफलता मिल्नेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। आर्थिक रूपमा मध्यम लाभ मिल्नेछ। अध्ययन, लेखन तथा बौद्धिक क्षेत्रमा गति आउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम बन्नेछ र नयाँ अवसरहरू पनि देखापर्नेछन्। व्यापार तथा व्यवसायमा राम्रो लाभ प्राप्त हुनेछ। घर–परिवारमा खुसीयाली बढ्नेछ। प्रेम सम्बन्धमा सकारात्मकता बढ्नेछ। आजको दिन उदारता र सहयोगले अरूको मन जित्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक रूपमा राम्रो प्रगति देखिन्छ। बोलीको प्रभाव बढ्नेछ र सामाजिक प्रतिष्ठा उकासिनेछ। मनमा नयाँ योजना र उत्साह बफर्नेछ। परिवारमा समर्थन र सद्भाव मिल्नेछ। स्वास्थ्य पनि सामान्य रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घर–परिवारसँग नजिकिने वातावरण बन्नेछ। नयाँ अवसरको संकेत छ, मनमा सृजनात्मक सोच आउनेछ। आर्थिक पक्ष सहज हुनेछ। अध्ययन तथा यात्रासम्बन्धी काममा राम्रो सफलता मिल्नेछ। विगतका तनावहरू कम हुँदै जानेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्न सक्छ तर आवश्यक क्षेत्रमा हुने भएकाले पछुताउनु पर्ने छैन। चुनौती आए पनि धैर्यले सामना गर्दा सफलता हात लाग्नेछ। परिवारमा सद्भाव र सहयोग मिल्नेछ। नयाँ अवसरको ढोका खुल्ने संकेत छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नेछन्। मिहिनेतले राम्रो परिणाम दिनेछ। नयाँ काम वा प्रस्ताव आउन सक्छ। परिवार र मित्रतामा सद्भाव रहनेछ। अध्ययन, लेखन तथा सृजनात्मक गतिविधिमा राम्रो उभार देखिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समाज वा कार्यक्षेत्रमा मान–सम्मान प्राप्त हुने योग छ। अवसरहरू हात पर्नेछन्। पारिवारिक तथा सामाजिक जिम्मेवारी सफलतापूर्वक निभाउन सकिनेछ। आर्थिक पक्ष सहज छ। प्रेम तथा सम्बन्धमा न्यानोपन बढ्नेछ।

२०८२ मङ्सिर ७ गते, आइतबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर ७ आइतवार ०६:४१ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...