back
CTIZAN AD

प्रधानमन्त्री कार्कीविरुद्धकाे अवहेलना मुद्दामा आज सुनुवाइ

वि.सं.२०८२ मंसिर ७ आइतवार

366 

shares

काठमाडौँ । प्रधानमन्त्री शुशिला कार्की विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज सर्वाेच्च अदालतमा सुरु सुनुवाई हुने भएको छ । सर्वाेच्च अदालतले मंसिर ३ मा कार्की विरुद्धको मुद्दा दर्ता गरेको थियो । राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर कार्की विरुद्ध पहिलो अवहेलना मुद्दा दायर भएको हो ।

सर्वाेच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाई फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए । कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा मंसिर ३ मा दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको हो ।

अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले छुट्टै र अधिवक्ता प्रेम राज सिलवालले छुट्टै निवेदन दायर गरेका थिए । कात्तिक १८ गतेको आदेश उल्लंघन भएको विषयमा प्रधानमन्त्री शुशिला कार्कीकै प्रत्यक्ष संलग्नता देखिएको भन्दै आदेश उल्लंघनउपर हदैसम्मको सजायको माग गरेका छन् ।

न्यायाधीशद्धय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने भोलीपल्टै परराष्ट्र मन्त्रालयको चलानी नम्बर ३४२५ मिति २०८२।०७।१७ को पत्राचार मार्फत एघार मुलुकका राजदूतलाई मन्त्रालयमा हाजिर हुनेगरी २० गतेभित्र फिर्ता आइसक्न अर्काे पत्राचार गरेको थियो ।

आफ्नै आदेशको पालना गराउन माग गर्दै पेश भएको निवेदनमा समेत सर्वाेच्चले सयमै दर्ता नगर्दा आदेशको पालनामा सरकारी निकायहरु उदासिन भएकोप्रति न्यायिक क्षेत्र क्षुब्द बनेको छ ।

सरकारको असोज ३० गतेको निर्णयलाई चुनौति दिंदै सर्वाेच्चमा रिट परेपछि सरकारले खाली स्थानमा नयां नियुक्ति नगर्ने नीति लिएको छ भने आदेश विपरित एघार देशबाट राजदूतहरु फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर गराइरहेको छ ।

चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने सरकारले राजदूत फिर्ता र नयाँ नियुक्तिमा अल्मिलिनुले निर्वाचनमा प्रयाप्त ध्यान दिन नसकेको भन्दै आलोचना हुनेगरेको छ ।

वि.सं.२०८२ मंसिर ७ आइतवार १२:२९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...