back
CTIZAN AD

झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम

वि.सं.२०८२ मंसिर ७ आइतवार

429 

shares

तम्घास (गुल्मी) । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका सडक किनारका झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घासबाट सिमटारीसम्म पर्ने उक्त पक्की सडक किनारमा घाँस, स–साना रुख, बिरुवा र पातपतिङ्ग उम्रिँदा दुर्घटनाको जोखिम बढेको हो ।

अहिले सडकको छेउकुनामा घाँस, रुख, बिरुवा उम्रने, पातपतिङ्गर ढलमा गएर जम्मा हुनेलगायत समस्या देखिएको छ । ढल तथा नाला व्यवस्थापन नहुँदा वर्षायाममा पानी नालीबाट नभई सडकबाट बग्दा बीचबीचमा खाल्डा परेका छन् ।

वर्षायाममा गएको पहिरो र बाढीले बगाएर ल्याएको फोहर सफा नगर्दा सडक साघुँरिँदै गएको स्थानीय बताउँछन् । तम्घासबाट सिमलटारीसम्म पाँच मिटर चौडाइको २८ किमी उक्त सडक छ वर्षअघि विसं २०७६ मा स्तरोन्नति गरिएको थियो । कुल रु ८७ करोड ९१ लाख रकममा निर्माण गरिएको उक्त सडकबाट पुर्कोट दह, प्युठानलगायत स्थान पुग्ने सवारीसाधन सञ्चालन हुन्छन् ।

अहिले सडकको छेउकुनाबाट घाँसपात, स–साना रुख, पातपतिङ्गर पलाउँदा सडकको सौन्दर्य मेटिन थालेको इस्मा गाउँपालिका–६ का सुजन विष्टले बताउनुभयो । “दुईतर्फी सवारी सञ्चालन हुनुपर्नेमा सडक साँघुरिँदा एकतर्फी मात्र सञ्चालन भइरहेको छ”, उनले भने, “सोही कारणले सडक दुर्गन्धित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।” उनले वर्षायाममा गएको पहिरो र बाढीले बगाएको फोहर नहटाउँदा सडक साँघुरिएको बताए । सडकको माथिबाट आएको पहिरोले साँघुरो भएको भन्दै सम्बन्धित निकायले ध्यान नदिँदा समस्या बढ्दै गएको उनकोे भनाइ छ ।

धुर्कोट गाउँपालिका–५ का गणेश पाण्डेले सडकमा गएको पहिरो र छेउछेउमा उम्रिएका घाँसपात हटाएर सफा गर्न सरोकार भएका निकायलाई आग्रह गरे । “सडक सफा गरे दुइतर्फी सवारी सञ्चालनमा सजिलो हुन्थ्यो, हामी मोटरसाइकल लिएर हिड्नेलाई पनि सजिलो हुन्थ्यो”, उनले भने ।

सोही राजमार्गमा सवारी व्यवसाय सञ्चालन गर्दै आएका चालक राजु खत्रीले सडकमा भएको लाहापरवाहीले गर्दा तोकेको समयमा यात्रुलाई सम्बन्धित गन्तव्यमा पु¥याउन नसकिएको गुनासो गरे । उम्रिएका घाँसपात सफा नगर्नु, वर्षायाममा गएको पहिरो नहटाउनु, सडकको बीचमा परेका खाल्डाखुल्डीको व्यवस्थापन नगर्नुलगायत कारणले यात्रु र सवारी धनी दुवैलाई यात्रामा सास्ती हुने गरेको उनकोे भनाइ छ ।

बिरामीलाई समयमा अस्पताल पु¥याउनुपर्नेमा कहिलेकाँही सडक साँघुरो भएकाले कारण बाधा हुँदै आएको खत्रीले बताए । सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन बिग्रने समस्या देखिन थालेको उनको भनाइ छ ।

तम्घासबाट सिमलटारीसम्म २८ किमीअन्तर्गत रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिका पर्दछन् । उक्त खण्ड भएर ती पालिकाका साथसाथै मदाने गाउँपालिका– ढोरपाटन हुँदै प्यूठानसम्मका दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिकले यात्रा गर्छन् ।

सडकको स्वामित्व पाएको मदन भण्डारी राजमार्ग, गुल्मीले उक्त खण्डमा दुई जना कामदार खटाएर काम भइरहेको जनाएको छ । कामदार पर्याप्त नहुँदा उनीहरूले निश्चित क्षेत्रमा काम गरेपनि सबैतिर सफाइ नभएको स्थानीयको गुनासो छ ।

कार्यालय प्रमुख रमेश चौधरीले सडकको निश्चित खण्डमा ठेक्कामार्फत काम भइरहेको बताउनुभयो । अहिले निश्चित ठाउँमा मात्रै कामदारले झाडी सफाइ गरे पनि अन्य ठाउँमा यथाशीघ्र कामसक्नेगरी योजना बनाइएको उनले जानकारी दिए ।

वि.सं.२०८२ मंसिर ७ आइतवार १७:१५ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...