back
CTIZAN AD

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर ८ सोमवार

678 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ योजना बनाउने र पुराना कामलाई गति दिने राम्रो समय हो । परिवारका सदस्यले नैतिक साथ दिनेछन् । आर्थिक हिसाबकिताब मिल्नेछ, तर अनावश्यक खर्च नहोस् भनी ध्यान दिनुहोस् । मानसिक सन्तुलन राम्रो रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अचानक खर्च बढ्ने सम्भावना छ, त्यसैले खर्चतर्फ सतर्क रहनु उपयुक्त हुनेछ । पारिवारिक वातावरण सामान्य रहनेछ । केही कामहरूमा ढिलाइ भए पनि प्रयास निरन्तर राखिएमा सफलता मिल्ने संकेत छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज योजना सफल हुने, मान–प्रतिष्ठा बढ्ने तथा नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ । मित्र वा सहकर्मीबाट विशेष सहयोग पाइन सक्छ । आजको परिश्रमले आगामी दिनमा महत्वपूर्ण लाभ दिलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन केही अस्थिर हुन सक्छ, तर धैर्य र नियमित प्रयासले बाधा हट्नेछन् । कार्यक्षेत्रमा जिम्मेवारी बढ्ने, तर प्रतिफल पनि पाउने योग छ । आर्थिक पक्षमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्य अत्यन्तै साथ दिनेछ । सुरु गरेका कामहरू सफलतापूर्वक अघि बढ्नेछन् । प्रेम सम्बन्धमा निकटता र समझदारी बढ्नेछ । नेतृत्व क्षमताको कदर हुनेछ, पद–प्रतिष्ठा वृद्धि हुने संकेत ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा केही अवरोध देखिए पनि निरन्तर प्रयासले अन्ततः राम्रो परिणाम दिनेछ । बिछोडिएका आत्मीयसँग भेट वा संवाद हुन सक्छ । स्वास्थ्य सामान्य, मन केही भावुक बन्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार, अध्ययन वा सामाजिक क्षेत्रमा राम्रो प्रगति देखापर्छ । नयाँ अवसर हातमा पर्ने योग छ । व्यक्तित्वमा आकर्षण बढ्नेछ । घर–परिवारमा खुसी र सन्तुष्टि छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन लाभ वा नयाँ आम्दानीको बाटो खुल्ने सम्भावना छ । आफ्नो क्षमता र निर्णयले दिनभर उत्साह बढाउनेछ । पारिवारिक खुसी र सामञ्जस्य कायम हुनेछ । सहयोगी मनजनबाट प्रशंसा पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
भेटघाट, यात्रा र बाहिरी कामले व्यस्तता बढ्नेछ । आशा गरेको भन्दा राम्रो नतिजा पाउन सकिने दिन । आकाशबाट भाग्य चम्कने संकेत । सबै क्षेत्रबाट उत्साहजनक खबर सुन्न पाइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको दायित्व बढे पनि आजको श्रमले भविष्यमा राम्रो प्रतिफल दिनेछ । आर्थिक पक्ष मजबुत बन्दै जानेछ । परिवारमा मतभेद कम हुने तथा आत्मियता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम पुनः गतिमा आउनेछन् । साथीसँग गरेका योजनाले फाइदा दिनेछ । आज निर्णय क्षमतामा मजबुती आउनेछ । मन प्रसन्न रहने, स्वास्थ्य पनि सामान्य रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक सद्भाव र शान्ति रहनेछ । आर्थिक अवसर प्राप्त हुने संकेत छन् । नयाँ विचार वा सिर्जनशीलताबाट फाइदा मिल्नेछ । सामाजिक काममा सम्मान पाउने योग छ ।

मिति : २०८२ मङ्सिर ८ गते, सोमबार

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ मंसिर ८ सोमवार ०७:२५ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...