back
CTIZAN AD

पेशागत महासंघद्वारा पेसाकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ मंसिर ११ बिहीवार

1.5K 

shares

काठमाडौँ । मुलुकभरका निजामती, शिक्षक, सार्वजनिक संस्थान, बैंक, बीमा तथा वित्तीय क्षेत्र, स्वास्थ्य, स्थानीय तह, विश्वविद्यालय, पव्लिक क्याम्पस, माध्यमिक शिक्षक, वन पेसाकर्मी, इञ्जिनियर, लेखा व्यवसायी, सहकारी कर्मचारी लगायत सार्वजनिक क्षेत्रमा कार्यरत श्रमिक पेसाकर्मीहरुको छाता सङ्गठन पेसागत महासङ्घ नेपालले मुलुकको ट्रेड युनियन आन्दोलन र समसामयिक परिस्थितिको सन्दर्भमा नेपाल सरकार तथा संवद्ध निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

२०८२ मंसिर ९ गते बसेको महासङ्घका स्थायी समितिको बैठकले मुलुकको ट्रेड युनियन आन्दोलन र समसामयिक परिस्थितिको विश्लेषण एवं संगठन सुदृढीकरण सम्बन्धमा विभिन्न निर्णयहरु गर्दै श्रमिक पेसाकर्मीहरुका हितका विभिन्न विषयमा नेपाल सरकार तथा संवद्ध निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको हो ।

महासंघका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख धरणीधर अधिकारी जारी गरिएको विज्ञप्तिमा विभिन्न समूहका नाममा श्रमिक पेसाकर्मीहरू प्रति भएका कुटपिट तथा अपमानजनक कार्यको घोर भत्सना गर्दै सम्पूर्ण पेसाकर्मीहरुको जीवन र कार्यक्षेत्रको सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

महासंघले गत २०८२ भाद्र २३ गते भएको जेन्जी युवा समूहको आन्दोलन र तत्पश्चात २४ गते मुलकका प्रमुख प्रशासनिक केन्द्र, न्यायालय तथा अन्य निकायहरुमा भएको धनजनको क्षतिप्रति चासो व्यक्त गर्दै निहत्था युवाहरुमाथि बर्बर दमन गर्ने र राष्ट्रिय सम्पदा नष्ट गर्ने विध्वंसकारीहरु पहिचान गरी कडाभन्दा कडा कार्वाही गर्न र आन्दोलन पछिका दिनहरुमा विभिन्न समूहका नाममा श्रमिक पेसाकर्मीहरू प्रति भएका कुटपिट तथा अपमानजनक कार्यको घोर भत्सना समेत गरेको छ ।

उक्त बैठकले संघीय निजामती ऐन तथा शिक्षा ऐन तत्काल जारी गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । ‘नयाँ संविधान जारी एवं संघीयताको दशबर्ष ब्यतीत हुँदा समेत संघीय निजामती ऐन तथा शिक्षा ऐन जारी हुन नसक्दा सरकारी कर्मचारी तथा शिक्षकको बृत्तिबिकास तथा जनताको सेवाप्रवाहमा परिरहेको नकारात्मक असरलाई सम्बोेधन गर्न शिक्षक तथा कर्मचारीहरूको भावना समेट्दै सम्बद्ध ऐनहरु तत्काल जारी गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालले दायर गरेको मुद्दामा सम्मानित सर्बोच्च अदालतबाट भएको आदेश अनुसार सबै निकायमा कार्यरत करार कर्मचारीहरूलाई २०८२ श्रावण १ गतेबाट लागू हुने गरी महँगी भत्ता उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेको छ ।

महासंघले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा स्वदेश तथा विदेशमा कार्यरत पेसाकर्मीहरूले आफू कार्यरत रहेकै स्थानबाट मतदान गर्न पाउने ब्यवस्था सुनिश्चित गर्न पनि माग गरेको छ ।

साथै नीति निर्माणको तहमा श्रमिक वर्गको प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्र्दै निर्वाचनमा छुट्टै श्रमिक क्लष्टर निर्धारण गरी श्रमिकको विधायिकामा निर्बाचित हुने एवं सो वर्गको प्रतिनिधित्व गराउने व्यवस्था गर्न पनि निर्वाचन आयोग र नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ।

स्मरण रहोस् पेसागत महासङ्घ नेपाल विश्वभरका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासङ्घ(ध्ँत्ग्)मा आवद्ध भई विशेषतः नेपाली श्रमिकका मुद्दाहरुमा सहकार्य र हातेमालो गर्दै पेसागत हक अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै आएको छ ।

 

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:४४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...