back
CTIZAN AD

लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्सले नबिल बैंकसँग “च्यानल फाइनान्सिङ” सुरु गर्न साझेदारी गरेको घोषणा

वि.सं.२०८२ मंसिर १२ शुक्रवार

327 

shares

काठमाडाैँ । लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता–पत्र हस्ताक्षर गरी आदान–प्रदान गरिएको छ ।

यस साझेदारीमार्फत डिलरहरूले सजिलै चालु पूँजी प्राप्त गर्न सक्नेछन्, जसले इनभेन्टरी व्यवस्थापन सहज बनाउने र व्यवसाय सञ्चालनलाई थप सुदृढ बनाउनेछ। नबिल बैंकले ०.५% लोन प्रशासकीय शुल्क, एलसि तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर र पि.ओ.एस मेसिन शुल्कमा ५०% छुट, निःशुल्क एस.एम.एस ट्रान्जेक्सन अलर्ट, मुख्य कर्मचारीका लागि अधिकतम रु. ५ लाख सीमासहित निःशुल्क क्रेडिट कार्ड, तथा नबिल केयर अन्तर्गतको क्रिटिकल इलनेस बीमा जस्ता विशेष सुविधाहरू उपलब्ध गराउनेछ।

दुवै संस्थाले यो सहकार्यले डिलरहरूको लिक्विडीटि बढाउने, आर्थिक बोझ कम गर्ने र नेपालको टाइल्स उद्योगको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ११:४६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...