back
CTIZAN AD

‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’

वि.सं.२०८२ मंसिर १४ आइतवार

480 

shares

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् ।

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आजदेखि सञ्चालित ‘प्रविधिमैत्री पर्यटन तथा एआई तालिम’को उद्घाटन सत्रमा उनले प्रविधिका माध्यमबाट पर्यटन क्षेत्र अहिलेको आवश्यकता भएको बताएका हुन् ।

उनले पछिल्लो समय प्रविधिको प्रयोगसँगै नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख पनि गरे । नेपालको पर्यटन क्षेत्रको विकासका लागि समयानुकूल प्रविधिको प्रयोगसम्बन्धी तालिम अपरिहार्य रहेको उनकोे भनाइ थियो ।

टानका अध्यक्ष सागर पाण्डेले व्यावसायिक रुपमा नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन एआई तालिमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नयाँ पुस्तालाई पर्यटनसँग जोड्नका लागि प्रविधिमैत्री तालिम आवश्यक रहेको बताए ।

टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले अहिलेको डिजिटल युगमा एआईको तालिम अपरिहार्य भएको बताउनुभयो । उहाँले एआई तालिमबाट नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले नेपालको पर्वतीय पर्यटनको विकास र ट्रेकिङ कम्पनीमा आबद्ध व्यवसायीको क्षमता अभिवृद्धिमा यस्तो तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चार दिनसम्म चल्ने तालिममा पर्यटनमा एआइको प्रयोग, गन्तव्य विकास, क्षमता विकास र पर्यटनको सुरक्षाबारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको तालिमका संयोजक एवं टानका सदस्य राजु गुुरुङले जानकारी दिए । आजदेखि सुरु भएको प्रशिक्षणको पहिलो चरणमा ३० ट्रेकिङ कम्पनीको सहभागिता छ ।

तालिमका सहसंयोजक एवं टानका सदस्य अम्बिरबहादुर गुरुङले नेपालको गन्तव्यलाई विश्वसामु चिनाउनका लागि यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वि.सं.२०८२ मंसिर १४ आइतवार १३:४० मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...