back
CTIZAN AD

आठौँ पर्वत महोत्सव आगामी पुसमा

वि.सं.२०८२ मंसिर १५ सोमवार

390 

shares

पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्वतमा आठौँ पर्वत महोत्सव गरिने भएको छ ।

पर्वत उद्योग वाणिज्य सङ्घले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस ९ गतेदेखि १९ गतेसम्म हुने जनाइएको छ । सङ्घ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी पौडेलले जानकारी दिए ।

महोत्सवका बारेमा जानकारी दिन आज बिहान उद्योग आयोजित पत्रकार सम्मेलनमा उहाँले ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ ।

वि.सं.२०८२ मंसिर १५ सोमवार १४:३१ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...