काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।
शाहलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालको अनुसार उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो र उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
नाेटः यसअघि समाचारसँग असम्बन्धित गलत तस्बिर प्रयोग भएकाले तस्बिर प्रयोगमा भएको असावधानीका कारण सम्बन्धित पक्षलाई पर्न गएको असहजताप्रति क्षमा याचना गर्दै सच्चाइएको छ । (सम्पादक)
वि.सं.२०८२ मंसिर १५ सोमवार १३:१४ मा प्रकाशित






























