back
CTIZAN AD

फेदीखोला गाउँपालिकामा ३६ महिला स्वास्थ्य स्वयंसेवी सामाजिक सुरक्षा कोषमा समावेश

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

1.7K 

shares

स्याङ्जा । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा नेपालमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस पनि मनाइँदैछ। यस अवसरमा स्याङ्जाकाे फेदीखाेला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेवीहरूलाई सम्मान र शुभकामना व्यक्त गरेको छ।

गाउँपालिकाले स्वास्थ्य सेवा प्रदान गर्ने ३६ जना महिला स्वास्थ्य स्वयंसेवीहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गरेको छ। कोषमा आवद्ध भएपछि उनीहरूले औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधा, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा गरी चार प्रकारका सुविधाहरू प्राप्त गर्नेछन्।

गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने यी स्वयंसेविकाहरूको मनोबल बढाउन र उनीहरूको कार्यसम्पादन अझ उत्कृष्ट बनाउन गाउँपालिकाले यस कदमको माध्यमबाट स्वास्थ्य स्वयंसेविकाको योगदानलाई प्रोत्साहन गरेको जनाएको छ।

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १४:१६ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

जीवन कहिलेकाहीँ कुनै पूर्वसूचना नदिई अत्यन्तै कठोर प्रश्न सोध्छ। हामी...