स्याङ्जा । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा नेपालमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस पनि मनाइँदैछ। यस अवसरमा स्याङ्जाकाे फेदीखाेला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेवीहरूलाई सम्मान र शुभकामना व्यक्त गरेको छ।
गाउँपालिकाले स्वास्थ्य सेवा प्रदान गर्ने ३६ जना महिला स्वास्थ्य स्वयंसेवीहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गरेको छ। कोषमा आवद्ध भएपछि उनीहरूले औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधा, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा गरी चार प्रकारका सुविधाहरू प्राप्त गर्नेछन्।
गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने यी स्वयंसेविकाहरूको मनोबल बढाउन र उनीहरूको कार्यसम्पादन अझ उत्कृष्ट बनाउन गाउँपालिकाले यस कदमको माध्यमबाट स्वास्थ्य स्वयंसेविकाको योगदानलाई प्रोत्साहन गरेको जनाएको छ।
वि.सं.२०८२ मंसिर १९ शुक्रवार १४:१६ मा प्रकाशित


























