back
CTIZAN AD

फेदीखोला गाउँपालिकामा ३४औं अपाङ्गता दिवस मनाइयो

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

702 

shares

स्याङ्जा । स्याङ्जाकाे फेदीखोला गाउँपालिकाले “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ शुभकामना आदानप्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।  ३४औं अपाङ्गता दिवसको अवसरमा पालिकाले विभन्न कार्यक्रम गरी दिवस मनाएकाे हाे ।

कार्यक्रम सामाजिक विकास समितिका संयोजक सिमा वि.कको अध्यक्षतामा सञ्चालन भएको थियो। फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी  कार्यक्रमकाे प्रमुख अतिथि थिए। कार्यक्रममा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, फेदीखोला हातेमालो अपाङ्गता संरक्षण सञ्जालका अध्यक्ष रेशमलाल रानाभाट लगायतका सदस्यहरू, वडा सञ्जालका प्रतिनिधि, गाउँपालिकाका सामाजिक विकास, शिक्षा, स्वास्थ्य शाखाका कर्मचारी र अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना आवश्यकता र असहजताको बारेमा स्थानिय सरकारसँग साझा गरेका थिए। गाउँपालिकामा वितरण गरिएको अपाङ्गता परिचय पत्र अनुसार हाल २२४ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू छन्, जसमा क–५०, ख–१०९, ग–३३ र घ–३२ जना रहेका छन्।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूलाई आफूलाई कमजोर महसुस नगर्न र सबै मिलेर अघि बढ्नुपर्ने कुरा औँल्याए। साथै, उनले सबैका लागि स्थानिय सरकार उपस्थित रहेको भन्दै नागरिकहरूलाई नीति, योजना र बजेट निर्माणमा सहभागी हुन प्रोत्साहित गरे।

फेदीखोला गाउँपालिकाले विगत ४ वर्षदेखि अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य बीमा गराउँदै आएको छ। यसका साथै बाख्रापालन, क्षमता अभिवृद्धि तालिम लगायतका लक्षित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

कार्यक्रमको दोस्रो सत्रमा फेदीखोला हातेमालो अपाङ्गता संरक्षण सञ्जालको तेस्रो वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ। २०८० जेठ १७ मा दर्ता भएको यस संस्थामा हाल ५२ जना आजीवन सदस्य रहेका छन्, जसमा ४२ जना स्वयं अपाङ्गता भएका र १० जना संरक्षक छन्।

फेदीखोला गाउँपालिकाले यस वर्ष १६ दिने अभियानको अन्तर्गत लैंगिक हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो। आजको अपाङ्गता दिवसलाई उक्त अभियानको एक महत्वपूर्ण दिवसका रूपमा मनाइएको छ।

 

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १४:१० मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...