back
CTIZAN AD

अर्जुनचौपारीका खोलामा माछा मार्ने कार्यमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

732 

shares

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने खोलाहरूमा माछा मार्ने कार्य पूर्णरूपमा निषेध गरिएको जानकारी दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार, कालीगण्डकी “ए” जलविद्युत केन्द्र र कालीगण्डकी मत्स्य ह्याचरी, वेल्टारी, स्याङ्जाको सहयोगमा २०८२/०८/१६ गते दरौंखोला, दिर्जेखोला र गड्यौली खोलामा हाडे, ठेड र सहर जातका ७५ हजारभन्दा बढी माछाका भुराहरू छाडिएको थियो। सो प्रक्रियापछि प्राकृतिक स्रोतको संरक्षण र माछाको जनसंख्या संरक्षणका लागि तत्काल प्रभावमा माछा मार्ने काम रोक्ने निर्णय लिइएको हो।

गाउँपालिकाले यसै सन्दर्भमा स्थानीय बासिन्दा र माछा पालनमा संलग्न सबैलाई सचेत गराउँदै भनेको छ कि अर्को सूचना नआएसम्म कुनै पनि प्रकारले माछा मार्ने, फँस्ने, जाल फाल्ने वा अन्य कुनै पनि गतिविधि गर्ने काम पूर्णरूपमा निषेध गरिएको छ। यदि कोहीले नियम उल्लङ्घन गरे वा माछा मार्ने कार्यमा संलग्न पाइएमा सो सम्बन्धमा जानकारी प्राप्त भएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने पनि गाउँपालिकाले जनाएको छ।

युवराज अर्यालले प्राकृतिक स्रोतको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको जोड दिँदै बासिन्दालाई चेतावनी र सुझाव दिइएको बताएका छन्। उनले माछा संरक्षण केवल नियम लागू गर्ने मात्रै नभई समुदाय र स्थानीय निकायको साझा जिम्मेवारी भएको बताए।

यस कदमले क्षेत्रका खोलाहरूमा माछाको संख्यामा सुधार ल्याउने र जैविक विविधता संरक्षणमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि नियमित अनुगमन गर्दै माछा संरक्षण सम्बन्धी थप पहल र कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेको जनाएको छ।

 

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १३:४५ मा प्रकाशित

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...