back
CTIZAN AD

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

498 

shares

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेष्ट लुम्बिनी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लव विजयी बनेको थियो । आर्र्मी क्लबले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा एभरेस्ट लुम्बिनी क्लबलाई पराजित गरेको थियो । पराजय व्यहोरेसँगै एभरेस्ट लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ‘प्लेयर अफ दी म्याच’ आर्मी क्लबकी वसन्ती साउद हुनुभयो । उहाँलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आजको खेल जितेर त्रिभुवन आर्मी क्लब आफ्नो समूह ‘ए’को उपविजेता भएको हो । समूह ‘ए’ बाट एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट लुम्बिनी र त्रिभुवन आर्मी छन्भने समूह ‘बी’ मा न्यू डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस क्लब रहेका छन् ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, प्रत्येक दिनको प्लेयर अफ दी म्याचले रु पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले रु १० हजार र ट्रफी प्राप्त गर्नेछन् । मङ्सिर २० गते पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १६:२९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...