काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ प्रा. लि. ले विद्युतीय गाडी (ईभी) प्रयोगकर्ताहरूका लागि विशेष “Winter EV Service And Exchange Camp” कार्यक्रम घोषणा गरेको छ। चिसो मौसममा टाटा ईभीको प्रदर्शन क्षमता र टिकाउपनालाई थप मजबुत बनाउन आयोजना गरिएको यो क्याम्प आगामी माघ ७ देखि १०, २०२५ सम्म सञ्चालन हुने भएको छ।
कम्पनीका अनुसार क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूले व्यापक निःशुल्क सेवा सुविधाहरू पाउनेछन्। यसमा मुख्य रूपमा निःशुल्क लेबर चार्ज, टायर वाशिङ, कम्प्युटर डायग्नोस्टिक्स, ब्याट्रि र इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेक जाँच, साथै १०–प्वाइन्ट चेकअप सेवा समावेश गरिएको छ। साथै आवश्यक स्पेयर पार्ट्समा १८ प्रतिशत छुट पनि प्रदान गरिने कम्पनीले जनाएको छ, जसले सेवा प्रक्रियालाई थप लाभदायी बनाउने अपेक्षा गरिएको छ।
यस क्याम्पमा ग्राहकहरूको ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ। कम्पनीको दाबी अनुसार, यस सुविधा मार्फत नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकहरूले थप विकल्प र लाभ पाउनेछन्।
सिप्रदी ट्रेसिङले ग्राहकहरूलाई सुरक्षित, भरपर्दो र सहज ईभी अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। कम्पनीका अधिकारीहरूले भनेका छन्, “यो क्याम्प केवल सेवा सुविधा मात्र नभई, चिसो मौसममा ग्राहकहरूका लागि महत्वपूर्ण सहयोग र विश्वस्तरीय अनुभव दिने अभियान हुनेछ।”
सिप्रदी ट्रेसिङले आगामी दिनहरूमा यस्ता उपयोगी र ग्राहकमैत्री अभियानहरूलाई निरन्तर जारी राख्ने योजना बनाएको पनि जनाइएको छ।
वि.सं.२०८२ मंसिर २१ आइतवार १३:५६ मा प्रकाशित






























