back
CTIZAN AD

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

वि.सं.२०८२ मंसिर २४ बुधवार

396 

shares

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा एमालेका एक नेता पक्राउ परेका छन् । धनुषा प्रहरीले एमाले मधेश प्रदेश कमिटी सदस्य शिवशंकर साह ‘हिरा’लाई बालिका बलात्कार आरोपमा पक्राउ गरेको हो ।

बालिका बलात्कारपछि फरार भएका ४८ वर्षीय साहलाई भारतीय प्रहरीको समन्वयमा सीतामढीबाट पक्राउ गरि मंगलबार राति नेपाल ल्याइएको धनुषाका डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।

कात्तिक २२ गते जानकी चोकस्थित एक होटलमा नाबालिगलाई बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको बालिकाका अभिभावकले उजुरी दिएपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेर उनको खोजी गरेको थियो ।

यो प्रकरणमा प्रहरीले बालिकाका एकजना आफन्तलाई पनि पक्राउ गरेको छ । उनले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत असुलेको प्रहरीको आरोप छ ।

यो प्रकरणमा प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका जनकपुर– १० का मनोजकुमार र हिरा नातामा दाजुभाइसमेत हुन् । हाल पीडित बालिकालाई ‘सेफ हाउस’ सुरक्षित राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ मंसिर २४ बुधवार १३:५६ मा प्रकाशित

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

आज माघ १८ गते सोमबारको राशिफल: कस्लाइ कस्तो फल ?

आज माघ १८ गते सोमबारको राशिफल: कस्लाइ कस्तो फल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अअध्ययनमा...

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...