back
CTIZAN AD

आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता

वि.सं.२०८२ मंसिर २४ बुधवार

381 

shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो ३५ वर्षको अनुभवलाई प्राधिकरणको श्रीवृद्धिमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि आज रत्नपार्कस्थित प्रधानकार्यालयमा जिम्मेवारी सम्हाल्दै उनले ऊर्जा क्षेत्रको विकासमा आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार पारदर्शी र नतिजामुखी काम गर्ने दृढता व्यक्त गरे ।

“प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक एवं हालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मेराबीच ऊर्जा क्षेत्रको प्रवद्र्धनका सम्बन्धमा धेरै समानता छन् । ऊर्जा क्षेत्रमा चुनौती ठूला छन्, आगामी दिनमा त्यसलाई समाधान गर्न सकिन्छ”, कार्यकारी निर्देशक शाक्यले भने, “ऊर्जामन्त्रीले अन्य क्षेत्र पनि हेरिरहनुभएको छ, ऊर्जा क्षेत्रमा निर्धक्क हुनुभए हुन्छ, म पूर्ण क्षमताले काम गर्छु, प्राधिकरणको सिङ्गो टिमलाई साथमा लिएर अघि बढ्छु ।”

ऊर्जा क्षेत्र अर्थतन्त्रको ‘ड्राइभर’ भएको उल्लेख गर्दै कार्यकारी निर्देशक शाक्यले यही क्षेत्रको विकासमार्फत मुलुकको अर्थतन्त्र उकासिने विश्वास व्यक्त गरे । ट्रकलाइन र डेडिकेटेड लाइनको बक्यौता उठाउने सरकारको निर्णयलाई आफूले उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “यो संस्थागत निर्णय हो, बक्यौता उठाउँछौँ, प्राधिकरणले गर्ने सबै काम गर्छौं ।”

वि.सं.२०८२ मंसिर २४ बुधवार १३:२८ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...