back
CTIZAN AD

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

वि.सं.२०८२ मंसिर २४ बुधवार

309 

shares

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताएकी छन् । आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै उनले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपतिसहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको बताइन् ।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताउँदै सोहीअनुसार शिक्षामन्त्री महावीर पुनले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल, परामर्श र गृहकार्य गरिरहको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ’ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।’ यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्ने विश्वास लिइएको उनको भनाइ छ ।प्रधानमन्त्री कार्कीले युवाहरूको बदलिँदो सोचअनुरूप नयाँ राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकभित्रै सम्बोधन हुनेपर्ने राष्ट्रिय आकाङ्क्षा आमनागरिकको रहेको जेनजी आन्दोलनले प्रस्ट पारेको धारणा राखिन् ।

नेपालको उच्च शिक्षाका क्षेत्रमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भर्चुअल रियालिटी प्रविधिको विकास भएको जनाउँदै प्रधानमन्त्री कार्कीले युवामा परिवर्तनका आकाङ्क्षा देखिनु स्वभाविक भएको बताइन् । उच्च शिक्षामा नेपालको लगानी न्यून रहँदै आएको बताउँदै लगानी नबढाई ती आकांक्षा पूरा गर्न सम्भव नभएको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको आवश्यकता हो भन्दै शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षाको क्षेत्रलाई निरन्तर असर पारेकाले सरकारले केही ठोस कदम चालेको बताइन् ।

उनले नेपालको उच्च शिक्षालाई सुधार गर्न केयूले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुशरण गर्नुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री कार्कीले आफ्नै देशमा तुलनात्मक रूपमा सस्तो मूल्यमा गुणस्तरीय शिक्षा अध्ययन गर्ने वातावरण बनाउन र शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँनयाँ कार्यक्रम थप गर्ने कार्यमा सघाउन शिक्षामन्त्रीमार्फत सम्बन्धित सबै सरोकार भएका निकायलाई निर्देशन दिइन् ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं केयूका सहकुलपति महावीर पुनको पनि उपस्थिति थियो । समारोहमा विभिन्न विधाका दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् ।

वि.सं.२०८२ मंसिर २४ बुधवार १५:५४ मा प्रकाशित

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

आज माघ १८ गते सोमबारको राशिफल: कस्लाइ कस्तो फल ?

आज माघ १८ गते सोमबारको राशिफल: कस्लाइ कस्तो फल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अअध्ययनमा...

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...