back
CTIZAN AD

पेसागत महासङ्घद्वारा १६ दिने अभियान सम्पन्न

वि.सं.२०८२ मंसिर २४ बुधवार

1.1K 

shares

काठमाडौँ । पेसागत महासङ्घ नेपाल लैङ्गिक हिंसा विरुद्धको १६ दिने विश्व अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

“प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ २०८२ मङ्सिर २२ गते कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख अतिथि अखिल नेपाल महिला संघकी पूर्व अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य जयन्ती राईले महिला अगाडि बढेको देख्न नचाहने, दुर्भावना व्यक्त गर्ने तथा संकीर्णता देखाउने प्रवृत्ति समाजबाट निर्मूल गर्नुपर्ने बबताइन् ।

विशेष अतिथि राष्ट्रिय सभा सदस्य गरिमा शाहले पछिल्लो समयमा बढ्दै गएको आईटि तथा एआई प्रविधि प्रयोग गरी जथाभावी नक्कली समाग्री बनाई लैङ्गिक हिंसा हुने गरेकोले सोको कानुनी कारवाही र निराकरणको लागि सबै सचेत रहनुका साथै प्रविधिको सही उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पर्पल फाउण्डेसनकी नानीमैयाँ थापाले “नेपाली राजनीतिमा लैङ्गिक हिंसाको अवस्था” बारेमा कार्यपत्र प्रस्तुत
गरिन् ।

महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालले विश्व ट्रेड युनियन महासङ्घ तथा पेसागत महासङ्घ नेपाल पेशागत महासंघले लैङ्गिक हिंसा विरुद्ध सँधै सचेत रहेको र हिंसा विरुद्ध सदा प्रतिवद्ध रहने बताए । वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठ, महासङ्घका सभामुख तथा वरिष्ठ अधिवक्ता शंकर सुवेदी एवं लेखा आयोगका संयोजक भोलानाथ उपाध्यायले विभिन्न पक्षबाट हुने लैङ्गिक हिंसा र सो को निराकरण सम्बन्धमा आ–आफ्ना राय
व्यक्त गरेका थिए ।

उपाध्यक्ष प्रभादेवी बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपमहासचिव सीता ओझाले सञ्चालन गरेको सो समारोहमा महासङ्घका विभिन्न समिति तथा घटक संस्थाका पदाधिकारी तथासदस्यहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०८२ मंसिर २४ बुधवार १५:३२ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...