back

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

वि.सं.२०८२ मंसिर २४ बुधवार

144 

shares

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् ।

जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन् । यो वर्ष जुनारका लागि उचित हावापानी भएकाले विगतको तुलनमा उत्पादन बढेको स्थानीय कृषक बताउँछन् । पन्ध्र रोपनी जग्गामा लगाएको करिब ३०० बोटमा फलेका जुनार बिक्रीबाट तीन लाख आम्दानी हुने अपेक्षा गरिएको रामेछाप नगरपालिक–७ का कृषक रामकुमार कार्कीले बताए।

उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष जुनारका दाना केही साना भएपनि उत्पादन बढेको छ। बगैँचाबाटै प्रतिकिलो ५० देखि रु ६० मा बिक्री भइरहेको छ, बजारका लागि समस्या छैन ।’

कम मेहनत र लगानीमा मनग्य उत्पादन हुने भएकाले जुनारखेतीबाट आफूहरू सन्तुष्ट रहेको रामेछाप–७ कृषक ज्ञानुदेवी बस्नेतले बताइन्।उनले भनिन्, ‘यो खेतीबाट हामी सन्तुष्ट छौँ । एउटा साधारण बगैँचामा उत्पादित फल बेच्यो भने दुईदेखि तीन लाख आम्दानी हुन्छ ।’

करिब १८ रोपनी जग्गामा व्यावसायिक रूपमा जुनारखेती गर्दै आएका रामेछाप–६ ओख्रेनीका हिमाल तामाङले उत्पादन बढेको भन्दै खुसी व्यक्त गरिन्।उनले भनिन्, ‘मैले गत वर्ष काठमाडौँका व्यापारीलाई बगैँचाबाट प्रतिकिलो ७५ देखि ८० मा बिक्री गरेर करिब तीन लाख ८८ हजार आम्दानी गरेको थिएँ । यहाँ तीन सय बोट छन्, त्यसमध्ये २५० बोटले उत्पादन दिइरहेका छन् भने ५० बोट हुर्किँदैछन् ।’

राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम कार्यान्वयन इकाई रामेछापले जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रूपमा विस्तार गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

कार्यलयका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा ५८० हेक्टरमा खेती भए पनि चालु आवमा लिखु तामाकोशी गाँउपालिकाका विभिन्न वडामा १०० हेक्टर क्षेत्रफल थपिएको इकाइकी नायब प्रविधि सहायक भवानी बस्नेतले जानकारी दिए । क्षेत्रफल थपिएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए।

यसैबीच, मन्थली डिलक्स एग्रो फरेष्ट्रि प्रालिले गर्मीको सिजनमा जुस बनाएर बिक्री गर्ने उद्देश्यले गाउँमा जुनार खरिद गरी ग्रेडिङ गर्ने, ताछ्ने र रस बनाएर भण्डारण गर्ने काम सुरु गरेको छ । गाँउका किसानले उत्पादन गरेका जुनार गाँउमै खरिद गर्ने, गाँउलेलाई रोजगारी दिने र त्यसलाई पेलेर भण्डारण गरी गर्मी सिजनमा स्क्वास बनाएर बिक्री गर्न आफूले पहल थालेको प्रालिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए।

गाँउमा जुनार, सुन्तलालगायत फलफूल खेती गर्ने युवालाई स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरी सीप विकासमा तालिको व्यवस्था गरेमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने उनको भनाइ छ ।

वि.सं.२०८२ मंसिर २४ बुधवार १६:१४ मा प्रकाशित

Himalayan Life AD
टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी...

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

पेसागत महासङ्घद्वारा १६ दिने अभियान सम्पन्न

पेसागत महासङ्घद्वारा १६ दिने अभियान सम्पन्न

काठमाडौँ । पेसागत महासङ्घ नेपाल लैङ्गिक हिंसा विरुद्धको १६ दिने...