back
CTIZAN AD

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

वि.सं.२०८२ मंसिर २६ शुक्रवार

387 

shares

काठमाडाैँ । एशिया–प्रशान्त क्षेत्रको सबैभन्दा प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि पुरस्कार कार्यक्रम Asia Pacific ICT Alliance (APICTA) Awards 2025 ताइवानको काओसिओङ सहरमा भव्यताका साथ सम्पन्न भयो। यस वर्ष १६ सदस्य अर्थतन्त्रका २५० भन्दा बढी उत्कृष्ट परियोजनाहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। यही अन्तर्राष्ट्रिय मञ्चमा नेपालले ऐतिहासिक सफलता हासिल गर्दै डिजिटल नवप्रवर्तनको क्षेत्रमा आफ्नो बलियो उपस्थिति दर्ज गराएको छ।

नेपालमा विकास गरिएको Kataho – Digital Address System ले Community Services र Research & Development Project of the Year दुवै विधामा द्वितीय उपविजेता (Second Runner-Up) को उपाधि जित्न सफल भयो। यो उपलब्धिले नेपालको स्टार्टअप इकोसिस्टम र प्राविधिक नवप्रवर्तन क्षमतालाई विश्वमाझ गर्वका साथ प्रस्तुत गरेको छ।

Kataho नेपालको परम्परागत ठेगाना प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने नविनतम् समाधान हो। हालसम्म देशभरका १५ भन्दा बढी स्थानीय तहमा यो प्रणाली कार्यान्वयनमा आइसकेको छ भने काठमाडौँ महानगरपालिका–२६ (लैनचौर) लगायत राजधानीका प्रमुख क्षेत्रहरूमा पूर्ण रूपमा सञ्चालित छ। सरल र समावेशी डिजिटल ठेगाना प्रदान गर्ने यो प्रविधिले सरकारी सेवा प्रवाह, ई–कमर्स, लजिस्टिक्स तथा आपत्कालीन सेवालाई अत्यन्त सहज बनाउँदैछ।
नेपालको प्रतिनिधित्व गर्दै ताइवान पुगेको टोलीमा Kataho Digital Address, Crimson Tech र Alpas Technology का नवप्रवर्तकहरू सहभागी थिए। यसैगरी APICTA को अन्तर्राष्ट्रिय judge का रूपमा नेपालबाट ऋचन श्रेष्ठ, दिपेन चापागाईं, नारायण कोइराला र NAS-IT की संयोजक सोनिया श्रेष्ठ समेतले सहभगिता जनाउनुभएको थियो ।

Kataho Digital Address System नेपालका चर्चित नवप्रवर्तक संस्था Ramlaxman Group अन्तरगत Addressgraph Nepal Pvt. Ltd. द्वारा विकास गरिएको परियोजना हो। यो प्रणालीले नेपालको ठेगाना व्यवस्थापनमा देखिएको दीर्घकालीन समस्यालाई समाधान गर्दै हरेक घरलाई घर नम्बर कोड प्रदान गर्दछ, यसको प्रयोगले पालिका हरुले आफ्नो स्थानीय तहका घरहरुमा ठेगाना बनाउन सक्छन भने आम व्यक्तिहरुले पनि आफ्नो घरको निशुल्क ठेगाना प्लेट तयार गर्न सक्दछन्

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १६:४४ मा प्रकाशित

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई...