back
CTIZAN AD

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

वि.सं.२०८२ पुस ४ शुक्रवार

663 

shares

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रुपान्तरण परियोजनाअन्तर्गत ‘कर्णाली संवाद’ सुरु भएको हो । संवादको उद्घाटन आज कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले गरेका हुन् ।

उक्त संवादमा कर्णालीमा उत्पादित कृषि उपज, त्यसको पहिचान, ग्रेडिङ, प्याकेजिङ बजारीकरण र ट्रेडमार्कका लागि मूल्यावन लोगो प्रयोगले प्राप्त अवसर, देखिएका चुनौती र आगामी कार्यदिशाका बारेमा सरोकारवालाबीच संवाद सुरु भएको छ ।

एन्साबका कार्यकारी निर्देशक डा भीष्मप्रसाद सुवेदीले मूल्यवान लोगो सुरुवात गरेको कर्णालीले प्राङ्गारिक अभियानमा राज्यको अगुवाइ गरेको बताउँदै जैविक विविधताका हिसाबले विश्वमा धनी मानिने यहाँको परम्परागत ज्ञान, उत्पादन र खाद्य प्रणालीलाई संरक्षण र प्रवद्र्धन गर्ने ध्येयले संवादको आयोजना गरिएको जनाए ।

संवादले कर्णालीको खेतबारी र पाखो भूमिमा उत्पादित रैथाने कृषि उपज, यसको पहिचानको आवश्यकता, पछिल्लो अवस्था तथा संरक्षण तथा संरक्षण सरकारी निकाय तथा गैर सरकारी सङ्घ संस्था र निजी क्षेत्रबाट भएका प्रयास एवं यहाँको उत्पादन, गुणस्तर र बजारीकरणमा नेपालसहित विश्वमा प्रवाह भएको सन्देशका बारेमा छलफल हुने लिबर्डका रणनीतिक कार्यक्रम लिडर रिता गुरुङले जानकारी दिए ।

कार्यक्रममा जुम्लाको तातोपानी, दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको बराहताल गाउँपालिका, गुर्भाकोट, भेरीगङ्गा नगरपालिकाका प्रमुख÷अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका कृषि तथा पर्यावरणीय क्षेत्रका अनुसन्धानकर्ता, उद्योग वाणिज्य सङ्घ, कृषिसँग सम्बन्धित सङ्घसंस्था, उद्योगी, व्यवसायीसहितका सरोकारवालाको सहभागिता रहेको छ ।

वि.सं.२०८२ पुस ४ शुक्रवार १३:३५ मा प्रकाशित

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,...

आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर...

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...