back
CTIZAN AD

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

वि.सं.२०८२ पुस ४ शुक्रवार

687 

shares

दोधारा चाँदनी (कञ्चनपुर) । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने जनाएको छ ।

स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको शीतलहर पूर्व तयारी योजना अनुसार भीमदत्त नगरपालिकामा एक हजार ३५०, बेदकोट नगरपालिकामा एक हजार २५०, शुक्लाफाँटामा एक हजार ५५०, कृष्णपुर नगरपालिकामा नौ सय, बेलडाँडी गाउँपालिकामा आठ सय ८०, पुर्नवास नगरपालिकामा आठ सय ५०, दोधारा चाँदनी नगरपालिकामा आठ सय ५०, बेलौरी नगरपालिकामा पाँच सय र लालझाडी गाउँपालिकामा सात सय ४५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने अनुमान गरिएको उनले बताए ।

प्रतिकार्य योजनामा शितलहर प्रभावितलाई राहत उपलब्ध गराउने र विशेषगरी बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, सुत्केरी तथा गर्भवतीलाई प्राथमिकता दिइने, विपद्को समयमा स्थानीय तह, दातृ निकाय, सहयोगी संस्था तथा नागरिक समाजबीच समन्वय कायम गर्ने उक्त योजनामा उल्लेख छ । त्यसैगरि जाडोयाममा हुनसक्ने स्वास्थ्य सम्बन्धि समस्यालाई कम गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्वास्थ्यकर्मी तथा औषधी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्रजिअ ढकालले बताए ।

वि.सं.२०८२ पुस ४ शुक्रवार १३:५९ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...