back
CTIZAN AD

हुम्लामा डा. रोकायको सम्भावना बलियो

वि.सं.२०८२ पुस १३ आइतवार

1.9K 

shares

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको प्रतिनिधिसभा तर्फको प्रत्यक्ष निर्वाचनमा डा दीपेन्द्र रोकायको संभावना बलियो बनेको छ ।

नेपाली कम्युनिष्ट बन्नुपुर्व माओवादीको जिल्ला संयोजक रहेका रोकाय संसदीय राजनीतिका लागी नया अनुहार मानिन्छन् । हुम्लामा पुर्व समानुपातिक सांसद छिमी लामा, संविधानसभा सदस्य कर्णजीत बुढाथोकी, छिरीग डंगडुल लामा, हस्तबहादुर शाही लगायत नेपाली कम्युनिष्ट पार्टीका नेताहरुबिच प्रत्यक्ष र समानुपातिक उम्मेदवारको लागी अन्तिम सहमतिको प्रयास भईरहेको छ ।

हुम्लामा कांग्रेसका बलिया खम्बा जीवन बहादुर शाहीको सर्वोच्चमा मुद्धा रहेको कारण जयपति रोकाया र रिता शाहीको पनि चर्चा रहेको छ । एमालेबाट गोरख बोगटी,दल रावल, दल फडेरा र छक्क बहादुर लामा बिच आपसी प्रतिस्पर्धा रहेको देखिन्छ भने रास्वपाबाट महेन्द्र पाण्डे र राप्रपाबाट बिकास महत लगायतको नाम चर्चामा रहेको छ ।

जनयुद्धमा निकै कष्ट सहेका रोकाय पत्रकारीताको माध्यमबाट तिसौ बर्षदेखि हुम्लीहरुको बिचमा लोकप्रिय छन् । ‘नाफाको जिन्दगी’ र ‘कर्णालीको मर्म’ लगायतका धेरै पुस्तकहरुका लेखक उनी हुम्ली जनताका बिचमा स्थापित भईसकेका छन । संसदीय चुनावमा उनी नयाँ अनुहार मात्र होइनन्, कर्मशील आन्दोलनकारी तथा बौद्धिक र प्राज्ञिक ब्यक्तित्व पनि हुन् उनी । यतिबेला पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको लहर चलेको बेला नेपाली कम्युनिष्ट पार्टीबाट उनी सहमतिमै प्रत्यक्षर्फको उम्मेदवार हुने स्थिति बढेको हो ।

वि.सं.२०८२ पुस १३ आइतवार ०८:३२ मा प्रकाशित

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण...

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र...

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...