back
CTIZAN AD

आज मंगलबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ पुस १५ मंगलवार

867 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यक्षेत्रमा सक्रियता बढ्ने दिन हो । जिम्मेवारी बढे पनि तपाईंले त्यसलाई सहजै सम्हाल्न सक्नुहुनेछ । अड्किएका कामहरू क्रमशः अघि बढ्ने संकेत छन् । आर्थिक पक्ष सामान्य रहनेछ । परिवारको साथ र हौसला मनोबल बढाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज धैर्य र समझदारी आवश्यक पर्ने दिन हो । आर्थिक लेनदेनमा हतार नगर्नु राम्रो हुन्छ । घरपरिवारको वातावरण शान्त र सहयोगी रहनेछ । पुराना कुराले मन छोए पनि सकारात्मक सोचले दिन सहज बन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कुराकानी, छलफल र भेटघाटबाट फाइदा मिल्ने दिन हो । नयाँ योजना वा अवसर आउन सक्छ । कामकाजमा व्यस्तता बढ्नेछ । निर्णय गर्दा मन स्थिर राख्नु आवश्यक देखिन्छ । यात्राको सम्भावना पनि देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ । भावनात्मक रूपमा सन्तुलन कायम रहने दिन हो । काममा मध्यम प्रगति देखिन्छ । स्वास्थ्यमा थकान महसुस हुन सक्छ, आरामलाई बेवास्ता नगर्नुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो क्षमता देखाउने अवसर मिल्ने दिन हो । कार्यक्षेत्रमा प्रशंसा र सम्मान पाउने योग छ । नेतृत्वदायी भूमिकामा प्रभाव देखिनेछ । नम्र व्यवहारले सम्बन्ध र प्रतिष्ठा दुवै मजबुत बनाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमको दिन हो । आजको मेहनतले भविष्यमा राम्रो परिणाम दिने संकेत छन् । अध्ययन, लेखन र योजना निर्माणमा मन जानेछ । आर्थिक अवस्था सामान्य रहनेछ । अनावश्यक चिन्ता त्याग्नु राम्रो हुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन र समझदारी आवश्यक पर्ने दिन हो । दाम्पत्य वा प्रेम जीवनमा खुलेर कुरा गर्दा गलतफहमी हट्न सक्छ । आर्थिक निर्णय सोचविचार गरेर लिनु उपयुक्त हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि संवेदनशील हुन सक्छ । गोप्य कुरा गोप्य नै राख्नु राम्रो हुन्छ । कामकाजमा धैर्य र निरन्तरता आवश्यक देखिन्छ । परिस्थिति ढिलो भए पनि तपाईंको पक्षमा बन्दै जाने संकेत छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सूचना प्राप्त हुने दिन हो । भेटघाट वा नयाँ सम्पर्क लाभदायी बन्न सक्छ । आत्मविश्वास बढ्नेछ । भविष्यका योजनामा ध्यान केन्द्रित गर्न सकिने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज जिम्मेवारी बढ्ने दिन हो । कार्यक्षेत्रमा मेहनतको कदर हुने संकेत छन् । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी हुनेछ । आर्थिक अवस्था स्थिर रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्ने दिन हो । साथीभाइको सहयोगले काम सहज बन्नेछ । नयाँ योजना सुरु गर्न अनुकूल समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । निर्णय गर्दा व्यवहारिकता अपनाउनु राम्रो हुन्छ ।

२०८२ पौष १५ गते, मंगलबार, ३० डिसेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस १५ मंगलवार ०७:३३ मा प्रकाशित

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...