back
CTIZAN AD

देवचुली नगर अस्पताल उद्घाटन, टाढाका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा

वि.सं.२०८२ पुस १४ सोमवार

1.8K 

shares

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा निर्माण सम्पन्न भएको नयाँ देवचुली नगर अस्पतालले आजदेखि औपचारिक रूपमा उद्घाटन गरेको छ। नगर प्रमुख हरी न्यौपानेले एक कार्यक्रमका बीच अस्पताल भवनको उद्घाटन गर्दै सेवा सञ्चालनको शुभारम्भ गरेका हुन्।

नगर अस्पताल सञ्चालनमा आएपछि नगरवासीसँगै आसपासका स्थानीय तहका नागरिकहरूलाई समेत आधारभूतदेखि आकस्मिक स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध हुने भएको छ। यसले सामान्य उपचारका लागि समेत टाढा–टाढाका अस्पताल धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास नगरपालिकाले लिएको छ।

नगरपालिकाका अनुसार प्रारम्भिक चरणमा अस्पतालबाट ओपीडी सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, प्रसूति सेवा, दन्त सेवा लगायतका महत्वपूर्ण तथा आधारभूत स्वास्थ्य उपचार सेवा उपलब्ध गराइनेछ। आवश्यकताको आधारमा क्रमशः विशेषज्ञ सेवाहरू समेत विस्तार गर्दै लैजाने योजना रहेको नगर प्रमुख हरी न्यौपानेले जोड दिएका दिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख हरी न्यौपानेले नगर अस्पताल सञ्चालनमा आएपछि देवचुली नगरपालिकासहित समग्र नवलपुर जिल्लाको स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। उनले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे।

“अब सामान्य उपचारदेखि आकस्मिक अवस्थासम्मका सेवाका लागि नागरिकले टाढा–टाढाका अस्पताल धाउनुपर्ने बाध्यता हट्नेछ,” नगर प्रमुख न्यौपानेले भने, “नगर अस्पताललाई क्रमशः सुविधा सम्पन्न बनाउँदै विशेषज्ञ चिकित्सक सेवा, अत्याधुनिक उपकरण तथा आवश्यक जनशक्ति थप गर्दै लैजान नगरपालिकाको पूर्ण प्रतिबद्धता छ।”

उनले नगर अस्पताललाई केवल उपचार केन्द्रको रूपमा मात्र नभई नगरवासीको स्वास्थ्य सुरक्षाको भरोसायोग्य आधारका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए।

नगरपालिकाका अनुसार करिब १४ करोड १० लाख रुपैयाँको लागतमा देवचुली नगर अस्पतालको भवन निर्माण सम्पन्न गरिएको हो। आधुनिक पूर्वाधार, व्यवस्थित सेवा कक्ष तथा आवश्यक स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएको यस नगर अस्पतालले देवचुली नगरपालिकाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

सो कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कोइराला, प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, जिल्ला समन्वय समितिका प्रतिनिधि, १ देखि १७ सम्मका वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

अस्पतालको बिगत देखी बर्तमान सम्मको बारेमा जिल्ला जनस्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताएका थिए । अस्पताल निर्माणमा सहयोग गर्ने र उल्लेखनीय भुमिका निर्वाह गर्नेलाई सम्मान पनि गरेको थियो ।

अस्पताल उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो कार्यक्रमको समापन देवचुली नगरपालिकाकि उपप्रमुख पार्वता तिवारीले गरेकी थिइन । कार्यक्रमको संचालन नगरपालिकाका लेखा अधिकृत नारायण ढकालले सन्चालन गरेका थिए ।

वि.सं.२०८२ पुस १४ सोमवार १९:२६ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...