back
CTIZAN AD

पिपुल्स बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८२ पुस १९ शनिवार

1.1K 

shares

नवलपुर । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा युवा स्वरोजगार कोष नवलपुरका सदस्य सचिव तथा प्रमुख अतिथि प्रितम भुजेलले सहकारीमार्फत स्थानीय स्तरमा बचत, ऋण तथा स्वरोजगार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह भइरहेको उल्लेख गरे । उनले सहकारीलाई आत्मनिर्भर, पारदर्शी र सदस्य–केन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिँदै युवालाई स्वरोजगारमा जोड्न सहकारी र युवा स्वरोजगार कोषबीच सहकार्यको आवश्यकता रहेको बताए ।

कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष श्याम प्रसाद सुवेदीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक अवस्था, उपलब्धि र चुनौतीहरूबारे जानकारी गराए । उनले सहकारीलाई दिगो र सुदृढ बनाउने दिशामा आगामी दिनमा थप योजना कार्यान्वयन गरिने बताए ।

सभामा हुप्सेकोट गाउँपालिका १ का वडा अध्यक्ष विष्णु रानाले सहकारीले स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वमा खेलेको भूमिकाको प्रशंसा गरे ।
साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षको कार्ययोजना तथा बजेटमाथि छलफल गरी अनुमोदन गरिएको थियो ।

कार्यक्रममा सहकारीका उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।सहभागीहरूले सहकारीलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । सस्थाले उत्कृष्ट बचत कर्ता लाई सम्मान गरेको थियो ।

कार्यक्रममा सहकारीका शेयर सदस्य, सञ्चालक समिति, लेखा समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

 

वि.सं.२०८२ पुस १९ शनिवार १३:३९ मा प्रकाशित

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ...

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...