back
CTIZAN AD

माछापुच्छ्रे बैंकले त्रिवि शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउँदै

वि.सं.२०८२ पुस २० आइतवार

720 

shares

काठमाडौँ । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित देशकै ठूलो अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ ।
अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै, बैंकले उक्त काउन्टर सञ्चालन गर्न लागेको हो । शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउनका लागि सम्झौता पत्रमा द्धिपक्षीय हस्ताक्षर गरिएको छ ।

सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा.सुवास प्रसाद आचार्य तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता पश्चात अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउने छ ।

यस अघि अस्पताल परिसरमा एटिएम जडान गरी सेवा प्रवाह गर्दै आएको बैंकले उक्त काउन्टर मार्फत शिक्षण अस्पतालमा आउने बिरामीहरूले उपचारका क्रममा बिल भुक्तानी तथा रेमिट्यान्स सेवा लगायतका विभिन्न बैंकिङ कारोबार सहज रूपमा प्रदान गर्नेछ ।

बैंकले सरकारी तथा सार्वजनिक निकायहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने अभियानमा थप एक महत्वपूर्ण पहल लिएको छ । बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सेवाग्राही तथा अस्पतालका आर्थिक कारोबारलाई डिजिटलाइज गर्न सहयोग पुर्याउने छ ।

 

वि.सं.२०८२ पुस २० आइतवार १५:४५ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...