back
CTIZAN AD

आज मंगलबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ पुस २२ मंगलवार

786 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामकाजमा उत्साह र सक्रियता देखिने दिन हो । अड्किएका काम अघि बढ्ने संकेत छन् । आत्मविश्वास बढ्नेछ । आर्थिक पक्ष सामान्य रहला, तर खर्चमा संयम अपनाउनु राम्रो हुन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य र सहनशीलता आवश्यक पर्ने दिन हो । पारिवारिक जिम्मेवारी बढ्न सक्छ । काममा ढिलाइ भए पनि अन्ततः सकारात्मक नतिजा प्राप्त हुनेछ । स्वास्थ्यमा खानपानमा ध्यान दिनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भेटघाट र संवादबाट लाभ मिल्ने दिन हो । नयाँ सूचना वा योजना बन्न सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । हतारमा बोलेर विवाद नबढाउनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ । मन भावनात्मक भए पनि सन्तुलन कायम रहनेछ । कामकाजमा सामान्य प्रगति देखिन्छ । आरामको कमीले थकान महसुस हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नेतृत्वदायी भूमिकामा सफलता मिल्ने दिन हो । कार्यक्षेत्रमा प्रशंसा पाउने योग छ । आत्मसम्मान बढ्नेछ । घमण्डभन्दा नम्रता अपनाउँदा फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम बढ्ने दिन हो । आज गरेको मेहनतको फल भविष्यमा राम्रो रूपमा प्राप्त हुनेछ । योजना, अध्ययन र लेखनमा मन जानेछ । स्वास्थ्यतर्फ सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन आवश्यक पर्ने दिन हो । दाम्पत्य वा पारिवारिक जीवनमा संवादले समस्या समाधान हुनेछ । आर्थिक निर्णय सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर र संवेदनशील रहन सक्छ । गोप्य कुरामा सावधानी अपनाउनु उपयुक्त हुन्छ । धैर्य राखे परिस्थिती क्रमशः अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार प्राप्त हुने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ र मन उत्साहित रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । परिश्रमको कदर हुनेछ । कार्यक्षेत्रमा स्थिरता देखिनेछ । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सिर्जनशील सोच र नयाँ योजनाले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्ने दिन हो । मित्रहरूको साथ र सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । निर्णय गर्दा विवेक अपनाउनु राम्रो हुन्छ ।

२०८२ पौष २२ गते, मंगलबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस २२ मंगलवार ०७:५० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...