back

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

वि.सं.२०८२ पुस २१ सोमवार

339 

shares

नवरपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा आगामी पौष २५ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुने छैटौं देवचुली महोत्सव–२०८२ को तयारी व्यापक रूपमा भइरहेको छ। देवचुली उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई सफल बनाउन आयोजक पक्षले विभिन्न संरचनात्मक, सांस्कृतिक तथा व्यवस्थापकीय तयारीलाई तीव्रता दिएको जनाएको छ।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुषालका अनुसार हाल महोत्सव स्थलमा व्यापारी स्टल निर्माण, वाल उद्यान निर्माण, बाल उद्यान निर्माण तथा विभिन्न जातजातिका मौलिक घरहरू निर्माण गर्ने कार्य भइरहेको छ। स्थानीय संस्कृति, पहिचान र मौलिकतालाई उजागर गर्ने उद्देश्यले जातजातिका परम्परागत घरहरू निर्माण गरिएको उहाँले बताउनुभयो। महोत्सवलाई आकर्षक र व्यवस्थित बनाउन आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ।

उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समृद्ध र समुन्नत नगरको उदय भन्ने मूल नारासहित आयोजना हुन लागेको यस महोत्सवमा आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी, मनोरञ्जनात्मक कार्यक्रम, हास्य प्रस्तुति, जादु कार्यक्रम, दोहोरी तथा लोकगीत प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएको छ। महोत्सवसम्बन्धी जानकारी सामाजिक सञ्जालमार्फत पनि निरन्तर सार्वजनिक भइरहेको छ।

देवचुली मल्टिप्लेक्स, देवचुली नगरपालिका–१५ प्रगतिनगर (क्याम्पस चोक) मा आयोजना हुने महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको उल्लेखनीय सहभागिता रहनेछ। महोत्सवमा बद्री पंगेनी, प्रकाश सपुत, दुर्गेश थापा, प्रकाश दुतराज, पशुपति शर्मा, अर्जुन सापकोटा, कुलेन्द्र विश्वकर्मा, प्रकाश दुतराज, घनश्याम रिजाल, रमेश भट्टराई, खुमन अधिकारी, विशाल सोनी, नवराज थापा, राजन गुरुङ, उज्ज्वल गिरी, युवराज भुसाल, गणेश सुनार, विवस परियार, अमर रजाली, तिलक कंडेल, लक्ष्मण चापागाईं लगायतका गायक तथा कलाकारहरूको प्रस्तुति रहनेछ।

त्यसैगरी गायिका शान्ति श्री परियार, समिक्षा अधिकारी, अनु चौधरी, रीता थापा, प्रतिभा सापकोटा, मन्जु विक, निशा लामा, कला लम्साल, उमादेवी खनाल, सपना परियार, अश्मी थापा मगर, सुमन थापा मगर, राशि रिजाल, आशा विक लगायतका गायिकाहरूको सहभागिता रहनेछ।
हास्य कलाकार हर्के हवल्दार विष्णु सापकोटा, युनिसा बानियाँ, सुयशा खनाल, सन्तोष खनाल लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् भने जादुगर राजेन्द्र गिरी जगल्टेले जादु कला प्रस्तुत गर्नेछन्। बेली डान्सर बन्धना विश्वकर्माको प्रस्तुति पनि महोत्सवको आकर्षण रहने आयोजकले जनाएको छ।

महोत्सवको कार्यक्रम सञ्चालन दिपक खड्का, दिप काफ्ले, संजय देवकोटा, अर्जुन कंडेल र वीरेन्द्र सेन्चुरीले गर्ने जानकारी दिइएको छ। साथै स्थानीय कलाकार र नवप्रतिभाहरूलाई समेत प्राथमिकता दिइने आयोजक पक्षले जनाएको छ।

महोत्सवमा व्यापारिक स्टल, खाद्य परिकार स्टल, स्थानीय उत्पादनको प्रदर्शनी, कृषि तथा पर्यटनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शन हुने बताइएको छ। यसले स्थानीय उद्यमी, कृषक र व्यवसायीलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

देवचुली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने यस महोत्सवमा देवचुली नगरपालिका मुख्य सहयोगीको रूपमा रहेको छ। साथै विभिन्न संघसंस्था, होटल, व्यवसायिक प्रतिष्ठान तथा मिडिया पार्टनरहरूको समेत सहयोग रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सवले देवचुली नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै स्थानीय कला, संस्कृति, उद्योग, व्यापार, कृषि र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। स्थानीयवासी, व्यवसायी तथा पर्यटकहरूलाई महोत्सवमा सहभागी भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेका छन्।

वि.सं.२०८२ पुस २१ सोमवार १८:१८ मा प्रकाशित

Himalayan Life AD
नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

नेपालको डिजिटल क्षेत्रमा नयाँ आयामः इबुकिङ नेपाल डटकम सुरु

काठमाडौँ । नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म...

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको...

उद्यमशिलतामा बढ्दै महिला सहभागिता

उद्यमशिलतामा बढ्दै महिला सहभागिता

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले स्टार्टअप क्षेत्रमा...