back
CTIZAN AD

अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घट्यो, उपभोक्तालाई राहत

वि.सं.२०८२ पुस २२ मंगलवार

870 

shares

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घटाएको छ। संघले मंगलबारदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

नयाँ मूल्यअनुसार अब मध्यम (मिडियम) अन्डाको किसानले पाउने मूल्य प्रतिक्रेट ४६० रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य ५५० रुपैयाँ थियो। त्यसैगरी ठूलो (लार्ज) अन्डाको मूल्य ५६५ रुपैयाँबाट घटाएर ४७५ रुपैयाँ तोकिएको छ।

अन्डाको मूल्य घटेसँगै पछिल्लो समय चर्को मूल्य तिर्दै आएका उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ। गएको मंसिर महिनामा उच्च भएको अन्डाको मूल्य करिब एक महिनापछि घटाइएको हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अन्डाको मूल्य घट्नुमा उत्पादनमा भएको वृद्धि र खपतमा आएको कमी मुख्य कारण हुन्। चिसो मौसमका कारण विद्यालय तथा कलेजहरू बिदा हुन थालेपछि अन्डाको नियमित खपत घटेको उनले बताए।

त्यसैगरी पर्यटकीय सिजन नभएकाले होटल तथा रेस्टुरेन्टबाट हुने मागमा पनि गिरावट आएको छ। ‘पछिल्लो समय बुढो भइसकेका लेयर्स कुखुराको बिक्री निकै कम भएको छ,’ अध्यक्ष पोखरेलले भने, ‘विस्थापन गर्नुपर्ने कुखुरा नबिकेर फार्ममै रहँदा अन्डा उत्पादन बढेको छ, तर सोही अनुपातमा बजारमा खपत हुन सकेको छैन।’

संघका अनुसार बजारको अवस्था हेरेर आगामी दिनमा मूल्य पुनरावलोकन गरिनेछ।

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...