back
CTIZAN AD

स्वर्गीय गगनसिंह थापाको स्मृतिमा आधुनिक पुस्तकालय सञ्चालन

वि.सं.२०८२ पुस २२ मंगलवार

729 

shares

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित महेन्द्र शिशु माध्यमिक विद्यालयमा आधुनिक पुस्तकालय सञ्चालनमा आएको छ ।
पुस्तकालयमा १० हजार भन्दा बढी पुस्तक सहितको ई–लाईब्रेरी र पाठ्यपुस्तक सहितको आधुनिक पुस्तकालय सञ्चालनमा आएको हो ।

साहित्यकार स्वर्गीय गगनसिंह थापाको स्मृतिमा सञ्चालित गगन फाउण्डेसनको संयोजनमा स्थापना गरिएको उक्त पुस्तकालय विद्यार्थी र शिक्षकको पठन–पाठन, अध्ययन–अध्यापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालयमा राखिएका चार हजारभन्दा बढी नयाँ पाठ्य सामग्रीसहितका पुस्तकहरू तथा ई–लाइब्रेरीमार्फत १० हजारभन्दा बढी पुस्तकहरुले विद्यार्थीहरूलाई थप अध्ययनमा मद्दत पुग्नेछ ।

पुस्तकालयलाई आधुनिक रूपमा व्यवस्थित गर्न नेपाल लाइब्रेरी फाउण्डेसनले प्राविधिक सहयोग प्रदान गरेको हो । पुस्तकालय सञ्चालनका लागि विद्यालयमा एक हप्तादेखि शिक्षक तथा कर्मचारीलाई पुस्तकालय व्यवस्थापन, ई–लाइब्रेरी सञ्चालन र डिजिटल स्रोत प्रयोगसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिएको थियो ।
पुस्तकालय निर्माणका लागि अफ्रिकाको युगान्डास्थित रुपारेलिया फाउण्डेसनले आर्थिक सहयोग गरेको हो ।
पुस्तकालयको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बालबालिकाको भविष्य उज्यालो बनाउन पुस्तकालयले थप सहयोग पुग्ने बताए । ‘पुस्तकालयको प्रभावकारी सञ्चालनले बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्नेछ’ अध्यक्ष चौधरीले भने ‘पालिकाले समेत सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’

कार्यक्रममा बोल्दै गगन फाउण्डेशनका संरक्षक हिक्मत थापाले आफूले अध्ययन गरेको विद्यालयमा पुस्तकालय स्थापना गर्न पाउँदा खुशी लागेको बताए । ‘आजको विश्व प्रविधिमा आधारित भइरहेको छ, पुस्तकालयले विद्यार्थीलाई पाठ्यक्रमका साथासाथैं बाहिरी ज्ञान प्राप्त गर्न सहयोग पुग्नेछ’ थापाले भने ‘विद्यालयको गुणस्तरका साथै पुस्तकालयको नियमित सञ्चालन र व्यवस्थापनमा विद्यालय प्रशासनले ध्यान दिनुपर्दछ ।’
गगन फाउण्डेसनले रुपारेलिया फाउन्डेसन, युगान्डा तथा नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा जानकी गाउँपालिका वडा नं. ९ स्थित अरुणोदय माध्यमिक विद्यालय खैरिफाँटा र टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा समेत ई–पुस्तकालयसहितका आधुनिक पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान संकायका डिन डाक्टर विष्णुविलास अधिकारी, नेपाल लाइब्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठ, पत्रकार भुवनेश्वर अधिकारी, विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद उपाध्याय लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक बमबहादुर धामीले गरेका थिए ।

वि.सं.२०८२ पुस २२ मंगलवार १६:५७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...