back
CTIZAN AD

बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार प्रति गम्भीर ध्यानाकर्षण

वि.सं.२०८२ पुस २८ सोमवार

657 

shares

काठमाडाैँ । एन आई सी एशिया बैंक लि.को इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटना प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।

बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ्ग क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको छ । बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पुर्‍याउने उद्देश्यका साथ पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ छर्कने जस्ता कानूनद्वारा बर्जित गम्भीर कृयाकलापबाट मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याइरहेको बैंकिङ्ग क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको अवस्था छ ।

कुनै पनि वहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्ति उपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरुको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग यस बैंक हार्दिक अनुरोध गर्दछ ।

 

वि.सं.२०८२ पुस २८ सोमवार १२:४२ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

बेसिनका माछा सेवन नगर्न आग्रह

बेसिनका माछा सेवन नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य...