back
CTIZAN AD

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

वि.सं.२०८२ पुस २८ सोमवार

789 

shares

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको गम्भीर राजनीतिक अवस्थालाई ध्यानमा राख्दै पार्टीलाई एकताबद्ध, संगठित र सुदृढ बनाउन सबै पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

आइतबार जारी गरेको विज्ञप्तिमा खड्काले प्रतिनिधि सभा विघटनपछि देश अन्योल र अनिश्चितताको अवस्थामा पुगेको उल्लेख गर्दै लोकतन्त्र र संविधानको भविष्यप्रति सर्वत्र चासो र चिन्ता बढेको बताएका छन्। आगामी फाल्गुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारु गर्नु आवश्यक रहेको उनको भनाइ छ।

कार्यवाहक सभापति खड्काले नेपाली काँग्रेसले विगतमा पनि देश संकटमा परेका बेला परिस्थितिको सही मूल्यांकन गर्दै आफ्नो नेतृत्वमा उचित निकास दिएको इतिहास रहेको स्मरण गराएका छन्। राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित काँग्रेसको काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको उनले उल्लेख गरेका छन्।

विज्ञप्तिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीति परिमार्जन र नेतृत्व परिवर्तन सहज रूपमा गर्न सकिने अवस्था सुनिश्चित रहेको जनाउँदै हालको प्राथमिकता निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ।

खड्काले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशदेखि वडा तहसम्मका पार्टी संरचनाका पदाधिकारी तथा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूलाई पार्टीभित्र उत्पन्न असहज अवस्थाको अन्त्य गर्दै एकताका साथ अघि बढ्न आग्रह गरेका छन्। पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई हार्दिक अपिलसमेत गरिएको छ।

वि.सं.२०८२ पुस २८ सोमवार १७:२५ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...