back
CTIZAN AD

सातौँ ‘फेस अफ मारवाडी किड्स २०२६’ भव्य रूपमा सम्पन्न

वि.सं.२०८२ पुस २८ सोमवार

897 

shares

काठमाडौँ । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको अवसरमा मारवाडी युवा मञ्च, काठमाडौँको आयोजनामा तथा पेज–३ को सहकार्यमा फेस अफ मारवाडी किड्स २०२६ प्रतियोगिता सम्पन्न भएको छ ।
मारवाडी समुदायका बालबालिकाको अन्तर्निहित प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले उल्लेख्य प्रशंसा पाएको छ ।

सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय मारवाडी युवा मञ्च, काठमाडौँले समुदायका भावी पुस्तालाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
प्रतियोगितामार्फत बालबालिकाको प्रस्तुति कला, अनुशासन, आत्मअभिव्यक्ति र नेतृत्व क्षमता उजागर गरिएको आयोजकको भनाइ छ ।

प्रतियोगिताको ग्राण्ड फाइनल गत शनिबार काठमाडौँको सोल्टी मोडस्थित होटल हयात सेन्ट्रिकमा सम्पन्न भएको थियो । विभिन्न चरण पार गरेका सहभागी बालबालिकालाई निर्णायक मण्डलले विजेता घोषणा गरेको थियो । विजेतालाई ट्रफी तथा आकर्षक पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले यस्ता कार्यक्रमहरू भविष्यका सक्षम जनशक्ति र व्यवसायी उत्पादनमा प्रेरणादायी हुने बताए । उनले आगामी पुस्तालाई साथ लिएर अघि बढ्न सके देशको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

मारवाडी युवा मञ्च, काठमाडौँका अध्यक्ष प्रकाश कुमार केजरीवालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी बालबालिका, अभिभावक, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास र मनोबल बढाउने बताए ।

प्रतियोगिता अन्तरगत मिस्टर मिनी फेस अफ मारवाडीको विजेता मितांश अग्रवाल, प्रथम उपविजेता वेदांश गर्ग, तथा द्वितीय उपविजेता गर्वित खेतान भएका छन् ।

त्यस्तै मिस मिनी फेस अफ मारवाडीमा विजेता काश्वी जोशी, प्रथम उपविजेता रिधिमा चाचन तथा द्वितीय उपविजेता अंशिका चौधरी रहेकी छन् भने मिस लिटल फेस अफ मारवाडीको विजेतामा देवांशी चाचन, प्रथम उपविजेता वेदांशी गुप्ता तथा द्वितीय उपविजेता देवांशी जोधाणी रहेकी छन् ।

प्रिन्स फेस अफ मारवाडी विजेतामा निर्विक अग्रवाल, प्रथम उपविजेता सार्थक अग्रवाल, द्वितीय उपविजेता लक्ष्य शर्मा रहेका छन् भने प्रिन्सेस फेस अफ मारवाडीमा विजेता धनी अग्रवाल, प्रथम उपविजेता आलिया तिब्रेवाल, तथा द्वितीय उपविजेता काव्या चौधरी भएकी छन् ।

प्रतियोगितमा समेटिएका सबै पाँच विधाको ‘सर्वाधिक लोकप्रिय’ तेजस अग्रवाल, काश्वी जोशी, देवांशी जोधाणी, परिधि अग्रवाल र निर्विक अग्रवाल रहेका छन् ।

कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् भने निर्णायक मण्डलमा बायोमेट्रिकल इन्जिनियर तथा अन्तराष्ट्रिय फेसन डिजाइनर सोनाम ुसुब्बा लिम्बु, चर्चित मोटिभेशनल स्पिकर सन्तोष अग्रवाल, को बन्छ ? कारोडपतिको पहिलो विजेता राजीव जैन, अभिनेता प्रमेद अग्रहरी तथा योगेश शर्मा रहेका थिए । प्रतियोगितामा ५१ जना बालबालिका सहभागि थिए ।

वि.सं.२०८२ पुस २८ सोमवार १७:०९ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...