back
CTIZAN AD

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

वि.सं.२०८२ पुस २९ मंगलवार

657 

shares

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।

गोरखनाथ तथा कालिका मन्दिरको प्रचारप्रसार गर्दै जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित आज बिहान बाजागाजासहित गोरखपुरका लागि ‘खिचडी यात्रा’ निस्किएको गौमाता सेवा महासङ्घका अध्यक्ष होमसिंह बस्यान्तले जानकारी दिए ।

उनका अनुसार गोरखामा धार्मिक तथा आन्तरिक पर्यटक वृद्धि गर्ने उद्देश्यले गएको तीन वर्षदेखि यहाँबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिँदै आएको छ । यहाँबाट निस्किएको खिचडी यात्रा आज भैरहवा पुग्ने र यही माघ १ गते गोरखपुर पुग्ने कार्यक्रम रहेको अध्यक्ष बस्न्यातले बताए ।

“माघी पर्वको अवसरमा प्राचीनकालदेखि नै गोरखनाथ मन्दिरबाट गोरखपुरस्थित गोरखनाथ मन्दिरमा खिचडी पठाउने चलन थियो, तर २० वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परालाई पुनः निरन्तरता दिन थालिएको हो”, उनले भने । पुनः सुरु गरिएको खिचडी यात्राले हराउँदै गएको परम्परालाई जगेर्ना गर्न मद्दत पुगेको अध्यक्ष बस्न्यातको भनाइ छ । परम्पराअनुसार गोरखाबाट लगिएको खिचडी गोरखपुरस्थित उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा लगेर चढाइने गरिन्छ । खिचडी चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायत खाद्यवस्तु मिसाएर बनाइन्छ ।

गोरखनाथ मन्दिरबाट प्रसादका रूपमा लिएर गएको खिचडी उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा माघी पर्वका दिन ब्रम्ह्मूहुर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको उनले बताए । ‘खिचडी यात्रा’मा करिब ५० जनाको टोली गोरखपुरतर्फ प्रस्थान गरेको हो । यात्राले दुई देशबीचको परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्ध जोगाउन थप सहयोग पुग्ने गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बताए।

खिचडी पुर्याउने परम्पराको पुनः थालनीसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध थप बलियो हुँदै जाने र यसले गोरखा जिल्लामा लाखौँ धार्मिक पर्यटकसमेत भित्र्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

वि.सं.२०८२ पुस २९ मंगलवार १२:५६ मा प्रकाशित

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

विराटनगर, । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...